यस्ता छन् नाङ्गै सुत्नुका फाइदा

writer

सम्पूर्ण

आइतबार, २५ कार्तिक २०७५


स्वस्थ रहन राम्रो र मीठो निद्रा आवश्यक छ। मीठो निद्राका लागि कतिपय मानिस नग्न सुत्ने गर्छन्। कपडाबिना सुत्दा शरीरको तापक्रम अनुकूल रहन्छ। शरीरभित्रको तापक्रम पनि सन्तुलित रहन्छ।

  • नग्न सुत्दा रक्तसञ्चार ठीक रहन्छ, सन्तुलित रहन्छ। जसले गर्दा तनाव कम हुने गर्छ।
  • पूरै कपडा खोलेर सुत्दा विभिन्न छालासम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ। नग्न हुँदा शरीरले अक्सिजन राम्ररी पाउँछ।
  • कपडाबिना सुतेमा शरीर अतिरिक्त तापक्रमबाट बच्छ। जसले गर्दा मीठो निद्रा लाग्छ। शरीरको तापक्रम नियन्त्रित रहन्छ। जसको आवश्यकता दिमागलाई हुन्छ।
  • नग्न सुत्नु महिला र पुरुष दुवैका लागि फाइदाजनक छ। लुगाबिना सुत्दा पसिना आउने भागमा संक्रमण हुने खतरा कम हुन्छ।

तपाईको कमेन्ट

मुख्य समाचार