‘दराजमा सय जोर जुत्ता छन्’

writer

सम्पूर्ण

सोमबार, ०६ असोज २०७६


मलिना जोशी, अभिनेत्री

मलाई चाहिने सबै सामान दराजमा राख्ने गरेकी छु । लुगा, जुत्ता, घडी, पफ्र्युमलगायत सबै सामान वार्डरोबमा राख्ने गर्छु । वानपिस धेरै छन् । यो मेरो एकदमै मन पर्ने ड्रेस हो । नयाँ–नयाँ डिजाइनका वानपिस बजारमा आए किनिहाल्छु । रातो मन पर्ने रङ हो । दराजमा भएका धेरै लुगा रातो रङका छन् । वानपिस, टिसर्ट, कुर्तासुरुवाल आदि रातै रङका बढी छन् । फर्मलभन्दा क्याजुअल लुगामा सजिलो महसुस गर्छु । त्यसैले दराजमा फर्मलभन्दा क्याजुअल ड्रेस बढी छन् ।

ब्रान्ड कन्सस खासै छैन । आफूलाई जुन लुगा सुहायो, त्यही किन्छु । यही ब्रान्डको हुनुपर्छ भन्ने छैन । विदेशमा पनि सपिङ गर्छु । विदेशी सामानको गुणस्तर राम्रो हुन्छ । आफूलाई चाहिएको सामानको लिस्ट बनाउँछु । विदेश गएका बेला किन्ने गर्छु ।

पफ्र्युम खूब मन पर्छ । त्यसको राम्रो कलेक्सन छ दराजमा । विभिन्न ब्रान्डका थुप्रै पफ्र्युम छन् । फेभरेट चाहिँ गुची, म्यांगो आदि हुन् । घडी पनि दराजमै राख्ने गर्छु । मसँग तीन वटा घडी छन् । घडीको उतिसारो सोख छैन । डिजाइनर वेयर पनि धैरे लगाउँदिनँ । कुनै कार्यक्रममा जानुपरे मात्र अर्डर गर्छु ।

जुत्ता चाहिँ धेरै छन् मसँग । लगभग सय जोर जुत्ता मेरो वार्डरोबमा थन्किएका छन् । स्पोट्र्स सुज मन पर्छ । धेरै किने पनि लगाउने बेला दुईतीन वटा मात्र बढी लगाइन्छ । दराजमा लगाएकाभन्दा नलगाएका जुत्ता बढी छन् ।

प्रस्तुतिः आशक्ति

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि