‘आत्मविश्वास बढेको छ’

writer

सम्पूर्ण

सोमबार, ०६ असोज २०७६


उपासना तिमिल्सिना, मोडल

मोडलिङमा पहिलादेखि नै रुचि थियो। तर, परिवारले पढाइ सकाएपछि मात्र मोडलिङमा लाग्ने अनुमति दिएकाले आफ्नो इच्छा दबाएर राखेकी थिएँ। मोडलिङको रहरले ‘मिस एन्ड मिस्टर प्लस टू स्टार’मा सहभागी भएँ।

प्रतियोगितामा ‘मोस्ट पपुलर’ र ‘बेस्ट ड्रेस’ को उपाधि हात पारेँ। त्यसपछि  आत्मविश्वास झन् बढ्यो। र्‍याम्प सोहरूमा सहभागी हुन थालेँ। मेरो हाइट पनि राम्रो छ, ५ फिट ७ इन्च। त्यसैले पनि थुप्रै र्‍याम्प सोबाट अफर आउन थाले। थुप्रै र्‍याम्प सोमा भाग लिएकी छु, लन्चिङ प्रोग्राममा गएकी छु। फोटो सुट पनि गरेकी छु।

फिल्म ‘हृदयभरि’ मा अन्य व्यावसायिक मोडलसँग रनवे मोडलका रूपमा काम गर्ने मौका पाएँ। त्यसपछि यस क्षेत्रमा काम गर्ने मोह झन् बढ्यो। सफल मोडल बन्नु मेरो सपना हो। अहिले पनि थुप्रै सोका अफर आउँछन्। तर, मैले कम गर्ने, स्तरीय काम गर्ने सोच बनाएकी छु। अहिले बीबीएमा अध्ययरत छु। पढाइ र मोडलिङ सँगसँगै लगिरहेकी छु।

प्रस्तुतिः जयन

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि