‘जति बेला भ्याइन्छ त्यति बेला जिम’

writer

सम्पूर्ण

शुक्रबार, २० भदौ २०७६


गायकबाट नायक बन्ने कलाकारको लामो लाइन छ नेपालमा। कोसिस क्षत्री यही लिगका पछिल्ला सदस्य हुन्। उनले बालगायकका रूपमा कलाकारिता सुरु गरेका थिए। पछि ‘दैव’ बोलको गीतमार्फत उनी गायनमा स्थापित भए। गायनमा रमाइरहेका बेला ‘मोक्ष’मा काम गर्ने अवसर पाए, जुन सोही नामको ब्यान्डको कथामा आधारित थियो। यो फिल्मबाट चौतर्फी प्रशंसा पाएका उनले त्यसयता ‘पर्व’, ‘रातो गलबन्दी’ आदि फिल्ममा अभिनय गरेका छन्। सँगसँगै उनले चल्तीका गीतमा संगीत भर्ने काम पनि गरिरहेका छन्।  ‘पर्व’को ‘काले दाइ’, ‘बुलबुल’को ‘माया ओई ओई’ कोसिसले नै संगीत गरेका गीत हुन्। उनले आफ्नो जिम अनुभव ‘सम्पूर्ण’सँग बाँडेका छन्।   


जिम गर्नलाई यही नै समय चाहिन्छ भन्ने छैन। जुन बेला समय मिल्छ, त्यसबेला गर्दा हुन्छ। मैले पनि त्यही गर्ने गरेको छु। कहिले बिहानै काम पर्छ, भ्याइन्न। त्यो बेलामा दिउँसो बेलुकी जति बेला भ्यायो, त्यति बेला जान्छु। 

आजभोलि देखाउनका लागि पनि जिम जाने चलन छ। तर, देखाउनकै लागि सही, जिम गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ। प्रोफेसनल्ली जिमर जस्तो बन्ने बेग्लै कुरा हो, नत्र दिनको एक घण्टा मात्र गर्‍यो भने पनि पुग्छ। समय छ भने दुईतीन घण्टा, नत्र एक घण्टा जिम गर्ने गरेको छु। तर, सुटिङको बेलामा चाहिँ मैले गर्ने गरेको छैन। त्यो बेला माहौल नै बेग्लै हुन्छ। अस्ति पनि दुइटा फिल्मको ब्याक टू ब्याक सुटिङ पर्‍यो। आठनौ महिना जिम जान पाइँन। नत्र भने नछुटाई जिम जान्छु।

खानेकुरा धेरै बार्दिनँ

जिममा डाइटको ठूलो भूमिका हुन्छ। कतिपय खानेकुरा खानु हुन्न। यस्तोमा जिमरहरू अलि धेरै नै सतर्क हुनुपर्ने हुन्छ। तर, मैले चाहिँ खास बार्ने गरेको छैन। जे खाए पनि धेरै खानु हानिकारक हो। थोरै खाँदा केही बिगार्छजस्तो लाग्दैन। अनि, कति कुरा चाहिँ मानिसको शरीरको बनावटले पनि फरक पार्छ। कसैलाई थोरै खाँदा पनि लाग्छ, कसैलाई जति खाए पनि जीउमा लाग्दैन। मेरो बिच्चको शरीर छ। त्यही भएर वर्जित गरेको कुरा पनि कहिलेकाहीँ खाइदिन्छु। 
                                                                 
तस्बिर-प्रस्तुतिः कुबेर डंगोल

तपाईको कमेन्ट

मुख्य समाचार