ग्रिनल्यान्ड किन्न खोज्ने ट्रम्प

writer

सम्पूर्ण

मङ्गलबार, १७ भदौ २०७६


केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड खरिद गर्न चाहेको समाचार बाहिरिएको थियो। उनका केही सल्लाहकारले डेनमार्कको यो टापू हासिल गर्न सके अमेरिकालाई धेरै लाभ हुने बताएका थिए।   

ग्रिनल्यान्ड डेनमार्कको स्वशासित क्षेत्र हो। खनिज पदार्थले भरिपूर्ण छ, २१ लाख वर्ग किलोमिटर क्षेत्रफल भएको यो विशाल टापू। प्राकृतिक स्रोत र भूराजनीतिक कारणले अमेरिकाले यसलाई हासिल गर्न खोजेको हो। त्यसमाथि हालका अमेरिकी राष्ट्रपति विख्यात घर–जग्गा कारोबारी हुन्। 

तर, अघिल्लो शुक्रबार ग्रिनल्यान्डको परराष्ट्र मन्त्रालयलाई ट्रम्पलाई मुखभरिको जबाफ थियो, ट्वीटरमार्फत। 

‘ग्रिनल्यान्ड खनिज, शुद्ध पानी, बरफ, माछा, सामुद्रिक खाना, पुनर्नवीकरणीय ऊर्जामा समृद्ध छ,’ मन्त्रालयले ट्वीट गरेको थियो, ‘यो साहसिक पर्यटनको विशाल भूमि हो। ग्रिनल्यान्ड व्यापार–व्यवसायका लागि खुला छ तर यो बिक्रीमा छैन।’ 

इनुइत आदिवासीको बाहुल्य रहेको ग्रिनल्यान्डको जनसंख्या ६० हजारजति मात्र छ। ट्रम्पले यसलाई किन्न खोजेको समाचारलाई ग्रिनल्यान्डवासीले ठट्टाका रूपमा लिएका छन्। डेनमार्कका पूर्वप्रधानमन्त्री लार्स लोक रास्मुस्सेनले त ट्रम्पको चाहनालाई मूर्ख दिवसको ठट्टा भनेका छन्। ‘यो अप्रिल फुलको चुट्किला हुनुपर्छ,’ उनले ट्वीट गरेका थिए, ‘तर, यो बासी चुट्किला हो।’

तपाईको कमेन्ट