असभ्य व्यवहार रोक्ने शौचालय

writer

सम्पूर्ण

बिहिबार, ०५ भदौ २०७६


वेल्सको पोर्थकल शहरमा सार्वजनिक शौचालयमा आपत्तिजनक व्यवहार हुने गरेका छन्। शौचालयभित्र यौन क्रियाकलाप गर्नेदेखि चुरोट तथा ड्रग्स खानेसम्मका गतिविधि हुन थालेपछि नगर प्रशासन चिन्तित थियो। पोर्थकल नगरले छिट्टै यस्ता सार्वजनिक शौचालय बनाउँदै छ, जसले व्यक्तिलाई असभ्य व्यवहार गर्न दिनेछैनन्। 

नयाँ शौचालयलाई ‘एन्टी–सेक्स’ बनाइएको छ। शौचालयमा कुनै जोडी यौन क्रियाकलापमा सहभागी भए सिलिङबाट पानीको फोहोरा निस्कनेछ। शौचालयको ढोका पनि आफसेआफ खुल्नेछ। 

शौचालयको कमोडमा निर्धारित तौलभन्दा बढी (दुई जनाको तौल) बसेको पाइए अलार्म बज्नेछ र स्वचालित ढोका खुल्नेछ। साथमा, माथिबाट पानी खस्नेछ। 

त्यस्तै, कसैले शौचालयमा चुरोट खाएमा पनि अलार्म बज्नेछ। सार्वजनिक शौचालयमा हुने असामाजिक व्यवहार रोक्न आवश्यक व्यवस्थासहितका नयाँ शौचालयहरू शहरमा बनाइनेछन्। पोर्थकल शहरले असभ्य व्यवहार रोक्ने यस्ता स्मार्ट शौचालय छिट्टै नै प्रयोगमा ल्याउनेछ। 

तपाईको कमेन्ट