आम्सटर्डमको नेपाल आगमन

writer

सम्पूर्ण

शनिबार, ३२ साउन २०७६


नेदरल्यान्ड्सको चर्चित ब्रान्ड हो, मेकअप स्टुडियो प्रोफेसनल आम्सटर्डम। भारतमा एकदमै चलेको ब्रान्ड हो यो। मेकअप स्टुडियो नाम भएकाले कतिपयले यसलाई मेकअप गर्ने ठाउँ भनिठान्छन्। तर, यो ब्रान्डको नाम हो। यसका चार सयभन्दा बढी ब्युटी प्रोडक्ट छन्।


मीना महत 
निर्देशक, केटीएम स्कुल अफ मेकअप बाई मेकअप स्टुडियो प्रोफेसनल आम्सटर्डम, नेदरल्यान्ड्स

लामो समयदेखि ब्युटी प्रोडक्टको कारोबार गर्दा मैले नेपालमा विश्वका चर्चित र ठूला ब्रान्ड आउन नमान्ने थाहा पाएँ। ब्युटी प्रोडक्ट आस्टाबेरीको आधिकारिक बिक्रेता भएर उपभोक्तमाझ पुग्दा खट्किएको एउटा विषय विश्वविख्यात अन्तर्राष्ट्रिय ब्रान्डलाई नेपालमा कसरी भिœयाउने भन्ने नै थियो। सानो देश, प्रतिव्यक्ति आय कम र सानो बजार भएका कारण ब्युटी प्रोडक्टका ठूला ब्रान्ड नेपाल आउन नचाहने रहेछन्। नेपालमा अहिले उपलब्ध अधिकांश अन्तर्राष्ट्रिय ब्रान्ड आधिकारिक रूपमा भित्रिएका छैनन्। कतिपय ब्रान्डका कपी भर्सन मात्र नेपाली बजारमा उपलब्ध छन्। विदेश आउने-जाने गरिरहनेले केही परिमाणमा अन्तर्राष्ट्रिय ब्रान्डका सौन्दर्य सामग्री नेपालमा ल्याएर बेच्ने गरेको पाइन्छ। 

अन्तर्राष्ट्रिय ब्रान्डका प्रोडक्ट किन्न सक्नेहरू ओरिजिनल ब्रान्ड पाइन्छ कि भनेर सोधखोज गरिरहेका हुन्छन्। हामी पनि कुनै चर्चित ब्रान्डलाई नेपालमा आधिकारिक रूपमा ल्याउन सकिन्छ कि भनेर लागिपरेका थियौँ। यसै मेसोमा विभिन्न ब्रान्डसँग कुराकानी गर्ने क्रममा नेदरल्यान्ड्सको चर्चित ब्रान्ड मेकअप स्टुडियो प्रोफेसनल आम्सटर्डम नेपाल आउन राजी भयो। विश्वका विभिन्न देशमा स्थापित भएको यो ब्रान्ड भारतमा पनि चर्चित छ। भारतमा एकदमै चलेको ब्रान्डमध्येमा पर्छ यो। मेकअप स्टुडियो नाम भएकाले कतिपयले यसलाई मेकअप गर्ने ठाउँ हो कि भने सोच्ने गर्छन्। तर, यसको ब्रान्डको नाम नै यही हो। मेकअप स्टुडियो प्रोफेसनलको नाममा चार सयभन्दा बढी ब्युटी प्रोडक्ट छन्। भारतमा चलेको ब्रान्ड भएकाले नेपालमा पनि यो चल्न सक्छ भनेर नै ल्याइएको हो। 

भारतीय र नेपालीको स्किनको टाइप एकै भएकाले उनीहरूका लागि उत्पादन गरिएका ब्युटी प्रोडक्ट हामीलाई पनि सुट गर्ने भएकाले यो ब्रान्ड नेपाल ल्याइएको हो। यस ब्रान्डका सौन्दर्य सामग्री स्पेसियल कस्मेटिकले नेदरल्यान्ड्समै उत्पादन गर्छ। नेदरल्यान्ड्समा मात्र फ्याक्ट्री भएको यो ब्रान्ड उच्च गुणस्तरको रहेकाले नै विश्वभर रुचाइएको छ। ब्युटी मेकअपका लागि चाहिने सम्पूर्ण उत्पादन यस ब्रान्डसँग रहेका छन्।

आफ्नै ब्युटी एकेडमी  

मेकअप स्टुडियो प्रोफेसनलले ब्युटी प्रोडक्ट मात्र उत्पादन गर्दैन। यसले आफ्नै ब्युटी एकेडमीमार्फत आफ्ना उत्पादन प्रयोग गर्न सिकाउनेदेखि प्रोफेसनल मेकअप आर्टिस्ट बनाउन विभिन्न कोर्स पनि पढाउँदै आइरहेको छ। भारतमा यसका पाँच वटा ब्युटी एकेडमी सञ्चालनमा छन्। नेपालबाट पनि बर्सेनि थुप्रै ब्युटिसियन र मेकअप आर्टिस्ट भारत, थाइल्यान्ड, कोरिया, जापानलगायत देशमा गएर मेकअप कोर्स गरिरहेका हुन्छन्। यसरी विदेशमा गएर ट्रेनिङ लिनेलाई लक्ष्य गरेर हामीले केटीएम स्कुल अफ मेकअप खोलेका छौँ। 

ब्युटी प्रोडक्ट त आयो तर यसलाई कसरी सही तरिकाले प्रयोग गर्ने भनेर सिकाउन स्कुलको आवश्यकता पर्‍यो। भारतमा लाखौँ रुपैयाँ खर्च गरेर कोर्स गर्नेलाई हामीले भारतबाटै शिक्षक बोलाएर नेपालमा सस्तोमा ट्रेनिङ दिइरहेका छौँ। मेकअप स्टुडियोको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पढाइ नेपालमै हुन थालेको छ। प्रोडक्टका बारेमा जानकारी दिने क्लासदेखि प्रोफेसनल मेकअप आर्टिस्ट बन्ने कोर्ससमेत यहाँ पढाइन्छ। मेकअपसँग हेयर स्टाइलको कोर्स पनि पढाउने गरेका छौँ। ५४ दिनको प्रोफेसनल मेकअप आर्टिस्ट कोर्स, बेसिक मेकअप जानेकालाई १५ दिनको विशेष कोर्स र छ दिनको फ्री हेयर स्टाइल कोर्स केटीएम स्कुल अफ मेकअपले पढाउँदै आएको छ। ब्युटिपार्लर खोलेर बसेकालाई एड्भान्स्ड ब्युटी कोर्स पढाउने गरिएको छ। 

मास्टर क्लासको सुविधा 

विभिन्न अवसरमा गरिने मेकअपको मास्टर क्लास पनि केटीएम स्कुल अफ मेकअपले दिने गरेको छ। ब्राइडल मेकअपका विभिन्न चरण इन्गेजमेन्ट, बिहेको दिन, बिहेपछिको पार्टीमा कसरी फरक-फरक लुक दिन सकिन्छ भनेर विशेष क्लास हुने गरेको छ। म्युजिक भिडियो, सिनेमाको सुटिङ र फोटो सुटका लागि कसरी मेकअप गर्ने भन्ने विषयमा यहाँ पढाइन्छ। हेयर स्टाइलका लागि भारतबाट हेयर स्टाइलिस्ट बोलाएर छ तथा १५ दिनको विशेष कोर्स पनि गराइन्छ। 

मेकअप स्टुडियो प्रोफेसनलका ब्युटी प्रोडक्ट मेकअप आर्टिस्टबाट मात्र प्राप्त गर्न सकिन्छ। यो सौन्दर्य सामग्री पाइने पसलहरूमा उपलब्ध छैन। प्रोडक्टबारे जानकारी हासिल गरेका र तालिम लिएका ब्युटिसियन-मेकअप आर्टिस्टमार्फत यो प्रोडक्ट उपलब्ध हुन्छ। काठमाडौँबाहिर पोखरा, बुटवल, नारायणगढ, विराटनगर, धरानलगायत शहरमा मेकअप आर्टिस्ट-ब्युटिसियनमार्फत यो ब्रान्डको सौन्दर्य सामग्री प्राप्त गर्न सकिन्छ। 

मेकअप गर्दा फिनिसिङ देखिने, मेकअप टिकाउ हुने, छालालाई नोक्सान नगर्ने कारणले गर्दा यो ब्रान्डलाई धेरैले रुचाएका छन्। आठ महिनाअघि आधिकारिक रूपमा भित्रिएको ब्रान्डका उपभोक्ता र यसबारे जिज्ञासा राख्नेहरू बढ्दै गएका छन्। यसको आफ्नै मेकअप स्कुल पनि भएकाले मेकअपसम्बन्धी अध्ययनका लागि जिज्ञासा राख्ने र पढ्नेहरू बढ्दै गएका छन्। भारतमा गएर पाँच लाख रुपैयाँ तिरेर पढ्नुपर्ने कोर्सलाई यहाँ करिब एक लाख रुपैयाँमा भारतबाट मेकअपविज्ञ बोलाएर पढाउँदै आएका छौँ। 

प्रस्तुति-तस्बिर : कुबेर डंगोल 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि