लजालु डाक्टरले गरेका थिए स्टेथस्कोप आविष्कार

writer

सम्पूर्ण

शुक्रबार, ३१ साउन २०७६


–हरेक डाक्टरको घाँटीमा देखिने स्टेथस्कोप आविष्कारको कथा रोचक छ । फ्रेन्च चिकित्सक रेने थियोफिल ह्यासिन्थलाई स्टेथस्कोप आविष्कार गरेको श्रेय दिइन्छ । सन् १९८६ तिर पहिलो स्टेथस्कोप बनेको थियो । ह्यासिन्थ लज्जालु स्वभावका थिए । एक दिन एक जना महिला उनीकहाँ जँचाउन आइन् ।

त्यतिबेला चिकित्सकले बिरामीको छातीमा सीधै कान थापेर सुन्ने गर्थे । लज्जालु ह्यासिन्थले महिलाको छातीमा आफ्ना कान टाँसेर मुटुको धड्कन सुन्ने आँट गरेनन् । उनले त्यतिखेर कागजलाई बेरेर ढुंग्रोजस्तो बनाए र त्यसको एक मुख महिलाको छातीमा राखेर अर्काे मुखबाट मुटुको धड्कन सुने ।

पछि उनले कागजको ठाउँमा काठको खोक्रो ढुंग्रो प्रयोग गरे । यसरी संसारले एक जना चिकित्सकको लज्जालु स्वभावका कारण स्टेथस्कोप नामक अत्यन्त उपयोगी साधन पायो । 

आफैंले बनाएको नियमको सिकार भइन् रानी

–राजा–महाराजाले आफ्ना जनतामाथि शासन गर्न विभिन्न नियम–कानुन थोपर्ने गर्छन् । कहिलेकाहीँ ती कानुनले उनीहरूलाई पनि हानि पुर्‍याउन सक्छन् । थाइल्यान्डकी एक जना रानी यस्तै नियमको शिकार भएकी थिइन् ।

सन् १८८० को कुरा हो ।  रानी सुनन्धा कुमारीरत्ना बैंककको बाहिरी भागमा रहेको गृष्मकालीन दरबारमा गइरहेकी थिइन् । उनी सवार डुंगालाई राजप्रासादका कर्मचारी सवार अर्काे डुंगाले तानिरहेको थियो । विशाल नदीमा गर्भवती रानीको डुंगा पल्टियो । उनलाई कर्मचारी कसैले पनि बचाउने हिम्मत गरेनन् ।

किनभने, रानीलाई जनताले छुनु हुँदैनथ्यो । राजपरिवारका सदस्यलाई छोयो भने जनताले ज्यान गुमाउनुपथ्र्याे । यही कडा नियमका कारण रानीलाई बचाउन कोही पनि अघि सरेन । राजा चुलालंगकर्नकी रानी सुनन्धाको नदीमा डुबेर मृत्यु भयो । 

तपाईको कमेन्ट