मान्छे उड्यो आकाशमा

writer

सम्पूर्ण

शुक्रबार, ३१ साउन २०७६


अघिल्लो आइतबार एक जना मान्छेले उडेर इंग्लिस च्यानल पार गरे। फ्रान्स र इंग्ल्यान्डबीच रहेको जल संरचना हो, इंग्लिस च्यानल। यो ५ सय ६० किलोमिटर लामो छ। फ्रेन्च नागरिक फ्य्रांकी जापाटाले फ्लाई–बोर्ड प्रयोग गरेर २२ मिनेटमा इंग्लिस च्यानल पार गरे। आकाशमा मान्छे उडेको करामतको भिडियो अहिले संसारभरि फैलिएको छ। 

गएको जुलाई २५ मा जापाटाले फ्लाई–बोर्डमा उडेर इंग्लिस च्यानल पार गर्न खोजेका थिए तर सफल भएनन्। 

उनले एउटा समूहसँग मिलेर फ्लाई–बोर्ड बनाएका थिए, जसमा पाँच वटा साना टर्बाेजेट इन्जिन जडान गरिएका थिए। विश्वप्रसिद्ध समाचार संस्था एएफपीका अनुसार उनको फ्लाई–बोर्ड १ सय ९३ किलोमिटर प्रतिघण्टाको गतिमा उडेको थियो। हेलिकप्टरले जापाटाको उडान निरीक्षण गरेको थियो। 

फ्रान्सबाट उडान भरेर इंग्ल्यान्डमा अवतरण गरेपछि जापाटाले पत्रकारहरूसँग भने, ‘हावाको दबाब सहनुपर्‍यो। मैले उडानको मज्जा लिएँ। कष्ट महसुस भएन।’ 

तपाईको कमेन्ट