चट्याङले शौचालय विष्फोट

writer

सम्पूर्ण

शुक्रबार, ३१ साउन २०७६


अमेरिकाको फ्लोरिडामा चट्याङका कारण एउटा घरको शौचालय विष्फोट भयो। अघिल्लो आइतबार मेरिलू वार्डको घरको सेप्टिक ट्यांकमा चट्याङ पर्‍यो। सेप्टिक ट्यांक र शौचालय जोड्ने पाइप हुँदै चट्याङको बिजुलीले शौचालय विष्फोट गरायो। ‘विष्फोटको आवाज चर्काे थियो,’ वार्डले भनिन्, ‘हाम्रो शौचालय क्षतविक्षत भयो।’   

बाउबाजेको पालादेखि प्लम्बिङ काम गर्दै आएका जोर्डन हागाडोर्न विष्फोट भएको शौचालय देखेर छक्क परे। ‘मिथेन ग्यासका कारण यो विष्फोट भएको थियो,’ उनले भने, ‘संसारकै प्लम्बिङ इतिहासमा सेप्टिक ट्यांकमा चट्याङ परेको यो पहिलो पटक होला।’

चट्याङ परेको बेला शौचालयमा कोही पनि थिएन। ‘नत्र त ज्यानै तलमाथि हुन सक्थ्यो,’ वार्डले भनिन्, ‘आकाशमा गड्याङगुडुङ भएको बेला शौचालय जान हुन्न भन्ने शिक्षा पाइयो।’ 

अनुभवी प्लम्बर हागाडोर्नको पनि सुझाव छ– ‘बिजुली चम्किरहेको बेला शौचालय जानु जोखिमपूर्ण हुन सक्छ। त्यसैले यस्तो बेला शौचालय नजानु नै बेस !’ 

तपाईको कमेन्ट