परम्परागत गाईजात्राका परिवर्तित स्वरूप

writer

सम्पूर्ण

शुक्रबार, ३१ साउन २०७६


फाइल तस्बिर ।

गाईजात्राको चुरो त मृत्यु गणनाको पर्व रहेको छ। बिहानीमै ‘डोकोसा’ प्रदर्शनबाट आरम्भ गरिने सापारु-गाईजात्रा बालमृत्यु गणनामा राज्यलाई सघाउने मध्यकालीन शासन प्रणालीको अद्यावधिक संस्कारमूलक पद्धति हो। 


–तेजे˘वरबाबु ग्ंवगः

परिवर्तनशील प्रकृति। प्रकृति अन्र्तगतका यावत् सन्दर्भ परिवर्तनशील। खगोलका पिण्डहरूका परिक्रमणशील गति परिवर्तनमय छन्। मौसम बदलिरहन्छन्। परिवर्तन विमुख हुनै सकिन्न। निमयित सन्तुलन बनेका छन् यी सब। म नि त तिनै क्रममा एउटा क्रम हुँ।  अलग्गिन सकिन्न के, सक्दैसक्दैनौँ। पिताका पौरुषजन्य शुक्र माताका गर्भाशयमा बास बनाएर भ्रूणमा परिणत भइएछु। नवौँ मास पुगेर गर्भेबालक भएको म। तँ, तिमी, तपाईं, हजुर सबै एकै ड्याङका मुुला...। निर्विवाद सत्य। स्थापित सत्य। गर्भेबालक आमाको कोखबाट जन्मेर आमाबुुबाका प्रिय पात्र– बालक। क्षणक्षण हुँदै अहिलेसम्मकै क्षण भरका क्षणिक पहल ! प्यारो लाग्छ– जीवनजत्तिकै सुमधुर। प्यारो जीवनले मनाउँदै गरेको गाईजात्रा उस्तै परिवर्तनशील !

गाईजात्रा पर्व परम्परागत। परम्पराका दुई आवरण। एक पुर्खाका परम्परागत आवरण। परम्परागत भन्नु पुख्र्यौली जैविक स्वभाव। वर्तमान पुख्र्यौली जैविक तŒव आत्मसात् गर्दाे आजकाल। जतिसुकै आधुनिक भएका भएर पनि हामीमा परम्परागत जैविक अंशले छाडेका हुन्नन्। जति नै नवीनताले अँगालेका होऊन्; तर पनि वंशाणुगत आहारका स्वादले जिब्रो रङ्मगाएकै हुन्छन् हामीलाई ! चालै नपाइँदो गरी चाल लिइरहेका हुन्छन् परिवर्तनका बीउहरूले। शाश्वत गतिमान रूपरेखा हुन् यी अदृश्य दृश्यका। भनौँ, गाईजात्रासितका गाईजात्रे सत्यता। हेर्दाहेर्दै पनि गाईजात्राका रूप–स्वरूप बदलिँदै रहेको दृश्य–स्वाद चाखिरेको छु बर्सेनि। 

नकार्नै नसकिने गरी स्विकारिरहेछु म– गाईजात्राका सहभागी पात्रहरूका पात्रता। प्रतिवर्ष नयाँ–नौला पात्रले सहभागिता जनाइरहेका छन् गाईजात्रामा। प्रत्येक नयाँ पिँढीका आफ्नै पिँढी छन्, खुड्किला हुन्छन्, छन्। ती पिँढीहरू एक एक गरी परिवर्तनका सूचकांक बनेका छन्, हुन् पनि। चालै नपाउने चालमध्येका एक खुड्किलो यो पहिलो। नयाँ पिँढीका नयाँ पहल परिवर्तनका पहल कसरी नस्विकारौँ हामी...? नयाँ पुस्ताका परिवर्तनका पहल उनकै सोच–विचार परिवर्तित रूपरंग छाउँछन्। आयामिक पिँढीका नौलो सोच–विचारसितै गाईजात्राभित्रका गाईजात्रे पहल रहन्छन्, भइरहेका छन्। अलिअलि गरी चाङिएका फेरबदलहरू कालान्तरकै स्थापित स्वरूप बन्छन्, बनेका छन्– गाईजात्राका। 

यो वास्तविकता केवल भक्तपुर जिल्लाकै मात्र यथार्थ रहेको छैन। कान्तिपुर, ललितपुर, कीर्तिपुर, बनेपा, धुलिखेल साथै गाईजात्रा मनाउने सर्वत्र व्यापी यथार्थ बनेको छ। राजधानी उपत्यका वासीहरू साथै आसपासका रैथानेहरू कालखण्डहरूमा अनेक जिल्लामा बसाइँ सरेका छन्। बसाइँ सर्दा मानिस नांगो सर्दैनन्। मानिस सामाजिक र सांस्कृतिक जन्तु बनेकाले आ–आफ्ना सामाजिक संस्कार र संस्कृतिका मूल्यबोध बोकेर जान्छन्। गाईजात्रा पर्वका गाईजात्रे रौनक उनीहरूले बोकेर लगेका देख्ने अवसर भोगेको यथार्थ मसित आत्मसात् छन्। ती दूरदराजका अनेकन्टार पहाड–पर्वत, गाउँ जिल्ला र प्रदेशहरूमा पुगेका छन्, देखिएकै छन्। ती ठाउँका भौगोलिक वस्तुस्थिति, ती विवेक–ब्रह्मका उचाइअनुरूप गाईजात्रालाई प्रतिष्ठापन गरेका यथार्थ रहेका छन्। स्थानान्तरित जन समुदायले मनाउने गरेका गाईजात्रा पर्वहरूका झाँकीहरूका रूपरंग। रूपरंग÷रंगरूप केही न केही फेरबदलिएका छन्। 

गाईजात्राका तरिका, विधिविधान स्थान नामवाचक जिल्लाहरूमा आ–आफ्नै पाराले चलायमान राखेका छन्। राजधानी उपत्यकाकै जिल्ला र स्थानका गाईजात्रा पर्वका स्वरूप जिल्लैपिच्छे फरक छन्, एकरूप छैनन्। यसले मानिसका अन्तरालभित्र लेसिएका अस्तित्वधारी अहम् धारणाका रेखांकन अमित तवरले अंकित रहेको बुझिन्छन्। यही वर्चस्ववान मनोभावले गर्दा सामुदायिक भनौँ वा सम्प्रदायका साम्प्रदायिक संस्कार र संस्कृति बन्छ, निर्माण हुन्छ, हुने गरेको छ। यी नै मानिसका सामुदायिक, साम्प्रदायिक सम्पदा कालान्तरमा राष्ट्रिय साथै विश्वसम्पदा नै बन्न पुग्छ। यसरी मूल्याकंन तथा विवेचना गर्ने गर्दा समुदाय र सम्प्रदायका निजी संस्कृति बृहत्तर रूपमा स्वीकृत हुन पुग्दा विश्व सम्प्रदायमा परिणति पाउँदो रैछ। 

सामुदायिक यस्ता पर्व–जात्राहरू यो कालखण्डमा अरू सार्थक सबलीकरण हुन पुगेका छन्। समुदायहरू बीचका बढ्दो सांस्कृतिक सचेतनाका कारण जिल्ला जिल्लाका अनेक ठाउँमा गाईजात्रा पर्वका साथै अन्य सम्पदासूचक अभियानहरू पनि गाँजिन थाले, पुगेका छन्। तीन नम्बर प्रदेश अन्तर्गतका हेटौँडा र चितवनका नेवार समुदायका नागरिकहरूमा सामूहिक पहलमा गाईजात्रा लगायतका सम्पदासूचक सांस्कृतिक पहलहरूले आफ्ना स्वरूप अंगीकार गरिरहेका छन्। गाईजात्रा पर्वमा देखापर्न थालेका पहलले स्थानीय मात्र होइन, सामूहिक तथा सम्प्रदायको साम्प्रदायिक संस्कार–संस्कृतिकै वर्चस्व वृद्धि हुनेछ। नेपाल राष्ट्रका यावत् समुदाय–सम्प्रदायले आ–आफ्ना सांस्कृतिक संस्कारजन्य सम्पदामा टेवाका साथै समृद्धि पुर्‍याएर सिंगो नेपाल राष्ट्रलाई बल पुर्‍याउनु प्रत्येक सच्चा नेपालीको परम कर्तव्य ठहर्छ।

‘बिहेको अलमलमा केटी नै माग्न बिर्सें’– यो हाम्रो परम्परागत उखानटुक्का रहेको छ। गाईजात्राको परिवर्तित रूपरंगको सन्दर्भ जोड्दै गर्दा यसको मूल रहस्यकै प्रसंग जोड्न अलमलिएछु। ‘क्षमश्व परमात्मा’– क्षमा माग्नु लोकतान्त्रिक मर्यादा हो। ठाउँठाउँमा चुक्दै गाईजात्रे पर्वमा क्षमा याचना गर्नु त संवैधानिक अधिकार–कर्तव्य दुवै एकसाथ हो भन्छु। असलीमा गाईजात्रा हेलाजात्रा नै हो। व्यंग्य–विनोदप्रधान गाईजात्रालाई आदिम नेवार व्यंग्य मचामच गर्ने पर्वलाई हेलाजात्रा भन्थे। यो क्रम टुटेको छैन्; अविरल इन्द्रावती बगिरहेकै छ। खाली इन्द्रावती राष्ट्रिय महŒवको महायोजना भएर नि राजधानी उपत्यका काकाकुल बनिरहन पर्दो छ। गाईगोठ गरेर गोपाल वंशीहरूले राज गरेको देश अझै गोठघरे टुनामुना तन्त्रभैmैँ लाग्छ भन्छन्, उपभोग गर्न नपाएका नागरिक–नेपाल... !

छातीमा हात राखेर भनूँ गाईजात्रा मात्र हेलाजात्रा होइन। व्यंग्य त एक क्षणको हँसीठट्टा...! गाईजात्राको चुरो त मृत्यु गणनाको पर्व रहेको छ। बिहानीमै ‘डोकोसा’ प्रदर्शनबाट आरम्भ गरिने सापारु÷गाईजात्रा बालमृत्यु गणनामा राज्यलाई सघाउने मध्यकालीन शासन प्रणालीको अद्यावधिक संस्कारमूलक पद्धति...। प्रणालीगत गाईजात्रा पूरापूरै आत्मनिर्भर रहेको छ। डोकोसा स्थानीय साधनमूलक छ। डोको बुन्न बाँस, सीप, श्रमसाधन, घरेलु कपडा, गाईको चित्र बनाउने नेपाली नै कागज हुन्थे। गाईको सिङ बनाउने पराल डोरी स्थानीय साधनै छरछिमेकलाई परेको बेला गर्जाे टार्ने सहयोगी मनोभावना उसताकाको धर्म। परोपकार गर्नु धर्मको लागिः अरूलाई दुःखकष्ट दिनु पापको निमित्त। धर्म र पापको छ्यान यस्तै छन्। अन्धपरम्परा होइन यो धारणा !

बिहान १० बजेको हाराहारीदेखि ‘ताहासा’ प्रदर्शन हुन थाल्छन्, भक्तपुरमा। लामो–अग्लो चार वटा बाँसलाई समानुपातिक कोण मिलाएर बनाइन्छन्– ताहासा। ताहाः लामो, साः गाई। यी सबै भावकका भावना÷ भावना भावले निरन्तरता पाएरै त परम्परा सृजित हुन्छ। ताहासासँगै घिन्ताङ्घिसी प्रदर्शन गरिने एक रोचक रौनक हास्यव्यंग्य मूलक स्वच्छन्द सामूहिक सडक नृत्य रहेको छ। मृदंग, छुछ्या, भुछ्या, ताल, झ्याली, मुहाली, बाँसुरी आदि बाजागाजासाथ नाच्दै डुल्दै सडक नृत्यका बोल बनेको हुन्छः घिनिताङ् घिनिताङ्; घिन्ताङ्घिसी ताङ्। 

गाईजात्रे झाँकीका अनेक प्रकरण छन्। डोकोसा, ताहासा, घिन्ताङ्घिसी विविध नाचगान, शोभा शृंगारसाथ मृतकका सुकीर्तिमय गीति आख्यान गाउँदै झल्लरी छाता, सुमधुर धुनका बाजागाजा आफन्त जनसहित ल्याइने ‘रामायण’ र वासा लुइका आदि झाँकीका स्वरूप रहेका हुन्छन्। प्रजापति जनले भाँडाकुँडा बनाउने कालीमाटीबाट कलात्मक रूपमा बनाएर खटमाथि सिँगारी शोभायमान तुल्याई सुमधुर बाजासहित प्रदक्षिणा गरिने ‘बसाहा’ अर्को वस्तुभाव पनि हो। यिनमध्ये नाचगानहरू गाईजात्राका आठ रात÷नौ दिनभर नचाउन जनजीवन स्वच्छन्द रहेका हुन्छन्। परापूर्वकालीन अलोकतान्त्रिक शासनकालमा नि गाईजात्रा अवधि सरकार–शासनलाई हास्यव्यंग्य माध्यम समीक्षात्मक सुझाव दिने आवधिक औसर मानिएका थिए। 

गाईजात्राका सूत्रपात हुनुको कारण तŒवमा मध्यकालीन राजा प्रताप मल्लका छोरा निधन भएर शोकाकुल आफ्नी रानीलाई सम्झाइबुुझाइ चित्त शान्त पार्ने उपायस्वरूप भए–गरेका उपायबाट सृजित संस्कृति भनिएका छन्। जसो भए– गरिए पनि कालान्तरमा गाईजात्राका झाँकीहरू मृत्यु गणनाका स्वस्फूर्त साधन– संयन्त्र बन्न पुगे मध्ययुगमै। सखारैका डोकोसाहरूले बालबालिकाका मृत्य गणना, ताहासा र अरू झाँकीले वयस्क पुरुष–नारीका मृत्यु गणनामा प्रत्यक्ष सघाउँदो भएका छन्। रानीको मन थाम्ने पहिलो साधना पछिल्ला समय चक्रमा मृत्यु गणनाका साधना बन्न पुगे। सुरुवाती धारणा र मृत्यु गणनाका धारणा फरक भए। यही नै बदलिएको मूल अवधारणाजस्ता देखिएका छन्। तैपनि तादात्म्य देख्छु म, यी दुईबीच !

झाँकी मध्येका ताहासाको उच्चाइ अहिले निकै होचिएर पुड्किएका छन्। यो समय, परिस्थितिको तासिर भन्छु। सिंगो, सग्लो बाँसबाट बनाइने ताहासाको उच्चाइ लम्बा गगनचुम्बी थिए। अचेलका निथु्रक्कै होचिएर पुड्किएका छन्। यो नयाँ प्रविधि र साधनहरूको प्रवेश एक, दोस्रो विद्युत तार, केबल, टेलिफोन तारका जालोमा अल्झिने असहजताले बाँसको लम्बाइ नछोट्याई नहुने भयो। नछोट्याई नहुने बाध्यात्मक परिस्थितिले  परम्परागत संस्कार र संस्कृतिमा परिवर्तन प्रवेश गराउँदो रहेछ। आखिर यो युग, समयको चाहनासितको सहलह, सम्झौताको समाज–संसारै रहेछ नि। 

भक्तपुरे गाईजात्रामा स्पष्ट देखिने र देखिएका केही रूपान्तरित स्वरूप एकदुइटा उल्लेख्य देख्छु। पहिले हाम्रो पालमा घिन्ताङ्घिसी नाच प्रदर्शनमा अनेक थरीका घरायसी व्यवहारमा उपयोग हुने थाल, कचौरा, अम्खोरा, बाटा, ससाना फोसी, बेकम्मा खुँडा, खुकुरी, मुसल, अन्ति, प्याला जे भेट्टायो त्यही बोक्थे। अचेल त्यो परम्परा मासिँदै गएको छ। तिनको बदला नयाँ पुस्ताले हलुकाहलुका बोक्न सजिला लठ्ठीसठ्ठी बोक्न थालेका छन्। विदेशी पर्यटकहरू बढ्न थालेयता उनीहरूको नक्कलमा क्यामेरा, टेलिभिजन, मुभी क्यामेरा आदि प्रयोग गर्न थाले। नाच्दै आउने घिन्ताङ्घिसी दलले जात्रालु पर्यटकसामु उभिँदै फोटो लिने नक्कल गर्दा पर्यटक जात्रालुहरू पनि फुरुङ्ग देखिन्छन्। अहिले नातिनातिनाका पालामा नातिसाथ नातिना पनि नाच्दै आउँछन्– घिन्ताङ्घिसी। 

घिन्ताङघिसी नाच बाजा, ताल–सुरका लय–गान वार्षिक एक पटक गाईजात्रामा मात्र बजाइन्छ। नेवारहरू आफ्ना संस्कार र संस्कृतिमुताबिक प्रत्येकमा एकैएक मात्र लयका गाना गाउँछन्। संस्कार र संस्कृतिको सीमाबाहिर यसको पालना भइरहेको छैन। नेवारी लोक संस्कृतिअनुरूप यिनीहरू प्रत्येक ऋतुुअन्र्तगत एकएक ऋतु गान र बाजाको धुन र लय पनि हाल्दछन्। यो लोक गीत, धुन र लयको लोक कथा कथन बनेको छ।

गाईजात्रा पर्व भक्तपुरमै मात्र एकलौटी रहेको छैन। न छ यो मात्र राजधानी उपत्यका सीमित। अब त यो व्यापक नेपाल राष्ट्रमै फैलिएको छ। यसरी व्याप्तिनुपछाडि अनेकअनेक कारण छन्। अन्तिम घडीमा आधुनिक विद्युत तरंग, पवन तरंग, वेभ तरंग, सौर्य किरणका तरंगमा आधारित टेलिभिजन, अनलाइन सञ्चार आदि सुविधाका द्योतक रहेका छन्। 

यी सबै भएर पनि काठमाडौँ, ललितपुर र भक्तपुरका गाईजात्राका आ–आफ्नै स्थानीय तरंगहरूले तिनलाई काबुमा राखेका छन्। आफू भक्तपुरे हुनाले मात्र होइन; अपितु उपत्यकाका तीन जिल्लाका गाईजात्रा एकआपसमा फरक छन्। फरक तिनै मध्येका शेरा, उत्कृष्ट भने भक्तपुरकै सुन्दर, समृद्ध र भव्य रहेको छ। यो भक्तपुर नगरपालिका वासीहरूकै गौरवगाथा बनेको छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट