बर्खामा भरसक यी चिज नखाने

writer

सम्पूर्ण

शुक्रबार, २४ साउन २०७६


वर्षा याममा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखापर्छन्। रुघाखोकी, ज्वरोले धेरैलाई सताउने गर्छ। त्यसैले बर्खाका बेला खानपिनमा ध्यान दिनुपर्छ। केही यस्ता खानेकुरा छन्, जसको सेवनले बर्खे मौसममा स्वास्थ्य बिग्रिन सक्छ।

–पालुङो, भ्यान्टा, काउली, बन्दालगायत साग–तरकारी भरसक खानु हुन्न। बर्सातमा यी साग–तरकारीका पातमा कीरा छिटो उत्पन्न हुन्छन्। तरकारी खाँदा ती कीराले मानव स्वास्थ्यमा असर गर्छन्। त्यसैले बर्खामा यी साग–तरकारी नखाएको राम्रो ! 

–मनसुन माछा वा अन्य समुद्री जीवका लागि प्रजननको समय हुन्छ। त्यसैले यस मौसममा माछा खाँदा फुड प्वाइजनिङ हुने डर रहन्छ। यसबाहेक बर्खामा पानी प्रदूषित हुन्छ। जसले गर्दा माछाको शरीरमा फोहोर जम्मा हुन्छ। त्यस्ता माछा खाँदा स्वास्थ्य बिग्रन सक्छ।

–वर्षा याममा च्याउ पनि भरसक खानु हुन्न। किनकि, त्यसबाट संक्रमण हुने जोखिम हुन्छ।

–बर्सातको मौसममा कतिपयलाई तारेको, भुटेको खाना खान मन पर्छ। तर, त्यस्तो खाना खानु हुँदैन। तारेको, भुटेको खानाले स्वास्थ्यमा असर गर्न सक्छ।

–स्वास्थ्यका लागि सलाद राम्रो मानिन्छन्। तर, बर्सातमा सलाद नखाएको राम्रो। सलादभन्दा पनि बर्सातमा काँचो खानेकुराले शरीरलाई हानि पुर्‍याउन सक्छन्।

–वर्षा याममा शरीरको पाचन प्रक्रिया कमजोर हुन्छ। त्यसैले भारी भोजन पच्न गाह्रो हुन्छ। यस मौसममा मांसाहारी खाना नखानु ठीक हुन्छ।

–बाहिरको चटपटे, पानीपुरीलगायत खानेकुराले पनि स्वास्थ्य बिगार्न सक्छन्। यसरी खुलामा राखिएका खानेकुरा खानु हुन्न।

तपाईको कमेन्ट