यसरी गर्नुस् बर्सातमा गरगहनाको हेरचाह

writer

सम्पूर्ण

शुक्रबार, २४ साउन २०७६


बर्खा याममा गरगहना कालो र चमकहीन हुने गर्छन्। बर्सातमा गरगहनाको स्याहारसम्भार गर्नुपर्छ।

–वर्षा याममा सुनभन्दा चाँदीको गरगहनालाई बढी स्याहारको आवश्यकता हुन्छ। 

–गरगहनालाई धेरैले कपडामा बेरेर राख्छन्। जसले गर्दा गहना कालो हुने डर रहन्छ। गरगहना राख्न ज्वेलरी बक्स प्रयोग गर्नुपर्छ। गहना राख्ने बक्स छैन भने सुतीको कपडा प्रयोग गर्न सकिन्छ। सुतीको कपडाले चिसोपन सोस्छ। गरगहना कालो हुनबाट जोगिन्छन्।

–गरगहना कालो भएमा तिनलाई तातो पानीले सफा गर्नुपर्छ। सफा सुतीको कपडाले पुछ्नुपर्छ। त्यसपछि केही बेर खुला छोडिदिनुपर्छ। 

–बर्सातमा गरगहनालाई पानीमा भिजाउनु हुन्न। गहना पानीले भिजेमा तातो पानीले धुनुपर्छ र सफा कपडाले पुछेर ज्वेलरी बक्समा राख्नुपर्छ।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि