वर्षा याममा अन्नको सुरक्षा

सम्पूर्ण
शुक्रबार, २४ साउन २०७६
वर्षाको मौसममा भान्छामा कीरा–फट्यांग्रा लाग्ने डर रहन्छ। तिनले चामल, गहुँ, दाललगायत अनाजलाई नोक्सानी पुर्याउँछन्। त्यसैले बर्सातमा यी अन्नको हेरचाह आवश्यक छ।
चामल बचाउने नीमको पात
भाँडामा चामल खन्याउनुअघि नीमका केही पात राख्नुपर्छ। नीमका सुकेका पातलाई सबैभन्दा तल राखेर त्यसमाथि चामल राख्नुपर्छ। चामल भरिएपछि माथि पनि नीमका सुकेका केही पात राख्नुपर्छ। यसो गर्दा चामलमा कीरा लाग्ने सम्भावना कम हुन्छ। कीरा भएमा पनि नीमका पात खाएर मर्न सक्छन्।
तेलले गर्छ दालको सुरक्षा
दाललाई दुईचार महिनासम्म बचाउन त्यसमा अलिकति तोरीको तेल दल्नुपर्छ। दालमा तेल लगाएर केही बेर घाममा सुकाएर राख्दा त्यसमा कीरा लाग्दैन।
गहुँ बचाउन प्याज
गहुँलाई कीरा लाग्नबाट बचाउन प्याज प्रयोग गर्न सकिन्छ। सय केजी गहुँका लागि आधा किलो प्याज राख्नुपर्छ। गहुँको भाँडोमा सबैभन्दा मुनि, बीचमा र सबैभन्दा माथि प्याज राख्दा त्यसमा कीरा लाग्दैन।
मसलाले बचाउँछ गहुँ
गहुँको पिठो र चामललाई कीराबाट बचाउन खुर्सानी र नुन डिब्बामा राख्नुपर्छ। खाने नुनलाई सुतीको कपडामा बाँधेर गहुँको भाँडोमा तल, माथि तह बनाउँदै राख्नुपर्छ।
तपाईको कमेन्ट
अन्य समाचार
मुख्य समाचार
-
जाडोमा उपयोगी भ्यासलिन
शनिबार, १४ मङि्सर २०७६ -
रामेशको वालबाट
आइतबार, ०८ मङि्सर २०७६ -
त्यो भैलो, त्यो देउसी
शुक्रबार, ०८ कार्तिक २०७६ -
लोकप्रियताको बाटोमा नेटबल
बुधबार, ०६ कार्तिक २०७६
पपुलर पोस्ट
-
‘बार्बी गर्लमा नाजी गर्ल’ मिसाएपछि
शुक्रबार, २० मङि्सर २०७६ -
केशरीको झल्को दिने ‘तुलसाको पलायन’
बिहिबार, १९ मङि्सर २०७६ -
सुमीको फ्लप एक्सन
शुक्रबार, २० मङि्सर २०७६ -
सकिएकै हो त करिअर ?
शुक्रबार, २० मङि्सर २०७६ -
जंगली बँदेल कोकिनले लट्ठ
शुक्रबार, २० मङि्सर २०७६
छुटाउनु भयो कि
-
खाजाघरको 'सेक्स मेनु'
सोमबार, ०२ मङि्सर २०७६ -
पहिलो यौन अनुभव
बिहिबार, ०५ मङि्सर २०७६ -
ब्युटिसियन भन्छन्,‘मेकअप भव्य कला हो’
बिहिबार, ०५ मङि्सर २०७६ -
प्रदीपको गुप्तवास
बिहिबार, २८ कार्तिक २०७६