फट्यांग्राको पिज्जा

writer

सम्पूर्ण

शुक्रबार, २४ साउन २०७६


प्रतीकात्मक तस्बिर

अमेरिकी राज्य नेभादाको लास भेगास शहरमा स्थित एक रेस्टुरेन्टले आफ्नो मेनुमा नयाँ परिकार थपेको छ। ‘द क्यान्योन हपर’ नाम दिइएको नयाँ पिज्जामा फट्यांग्रा पनि समावेश छ। फ्रिमोन्ट स्ट्रिटमा रहेको एभेल पाई नामक रेस्टुरेन्टले आफ्नो नयाँ परिकारमा बाख्राको चिज, प्याजका साथै लसुनसँग तारेका फट्यांग्रा पनि हालेको छ। रेस्टुरेन्टले पिज्जाको स्वाद ‘गजब’ भएको र रेस्टुरेन्टका कर्मचारी पनि यसको स्वादले चकित भएको बताएको छ। यसलाई चाख्न ठूलै साहस चाहिने पनि उसले बताएको छ। 

हालैका केही हप्तामा लास भेगास शहरमा जहीँतहीँ फट्यांग्राहरू देखिएका छन्। यति विशाल संख्यामा यो जीव यसअघि नदेखिएको बताइएको छ। यद्यपि, फट्यांग्राले नटोक्ने, रोग नसार्ने भएकाले यसबाट मान्छेलाई कुनै खतरा छैन। शहरभरि छ्यापछ्यापती फट्यांग्रा पाइएपछि एभेल पाईले आफ्नो नयाँ पिज्जामा यसलाई समावेश गरेको हो। 

 

तपाईको कमेन्ट