चाडपर्वमा सुन्दर देखिने उपाय

writer

सम्पूर्ण

बिहिबार, २३ साउन २०७६


सुषमा महरा, ब्युटिसियन

मेकअप

चाडपर्वमा महिलाहरू विशेष देखिन चाहन्छन् । अरूभन्दा फरक र विशेष देखिन मेकअप र हेयर स्टाइल पनि त्यस्तै हुनुपर्छ । चाडपर्वका लागि मेकअप गर्दा एकदमै ध्यान पु¥याउनुपर्छ ।

अहिले वर्षा याम भएकाले मेकअपमा वाटरप्रुफ सामग्री प्रयोग गर्नुपर्छ । मेकअप गर्दा प्राइमर अनिवार्य लगाउनुपर्छ । प्राइमर लगाइसकेपछि आफ्नो छालाको रङअनुसार प्यानस्टिक क्रिम प्रयोग गर्नुपर्छ । यसले अनुहारको छालामा रहेका दागधब्बालाई छोप्न मद्दत गर्छ । साथै, छालामा राम्रो बेससमेत दिन्छ । छालालाई चम्किलो देखाउन छालाका रङभन्दा एकदुई सेट हलुका रङको फाउन्डेसन लगाउनुपर्छ । स्किन बेस र फाउन्डेसन वा बीबी क्रिम लगाउँदा केही बेर ब्रस या मेकअप पफको सहायताले राम्ररी लगाउनुपर्छ । त्यसपछि कम्प्याक्ट पाउडर लगाउन सकिन्छ । कम्प्याक्ट पाउडर लगाइसकेपछि आँखीभौँलाई राम्रो आकार दिनुपर्छ ।  आँखाको मेकअप गर्नुपर्छ । आइल्यासेज मन पर्छ भने त्यो राख्नुपर्छ । लिपस्टिक लगाउनुपर्छ । हाइलाइटरले नाक, गाला, आँखीभौँको किनार टल्काउन सकिन्छ । 

मेकअप गरिसकेपछि अनुहार वरिपरिको भाग कान, घाँटी लगायतमा पनि हल्का मेकअप टचअप गर्नुपर्छ । यसो गर्नाले सबैतिर मेकअप मिल्न जान्छ । मेकअप सकिएपछि फिक्सर स्प्रे गर्नुपर्छ । यसो गर्दा मेकअप चाँडै बिग्रिँदैन । लामो समयसम्म टिक्छ ।

हेयर स्टाइल 

पर्वमा मेकअपसँगै हेयर स्टाइलमा पनि उत्तिकै ध्यान दिनुपर्छ । खुला कपाल राम्रो देखिए पनि गर्मी मौसममा छोडेको कपालले गर्दा बढी पसिना आउन सक्छ ।  पसिनाका कारण मेकअपमा समेत असर पुग्न सक्छ । यस कुरालाई ध्यानमा राख्नुपर्छ । हेयर स्टाइल बनाउँदा धागोले बाट्ने वा छोटो कपाल छ भने क्लिपको सहायताले घाँटी खुल्ला हुने गरी जुरो बनाउन सकिन्छ । यसरी बाटेका कपाल र जुरो बनाएको कपालमा फ्लावर डेकोरेसन गर्न सकिन्छ । यसरी कपाल बनाउँदा नाचगान गर्दा पनि लामो समय कपाल बिग्रिँदैन । 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि