बर्सातमा सौन्दर्यको हेरचाह

सम्पूर्ण
शुक्रबार, १७ साउन २०७६
वर्षा याममा छालासम्बन्धी विभिन्न समस्या देखापर्छन्। छाला रुखो हुने, डन्डीफोरलगायत समस्या कतिपयले भोग्ने गर्छन्। साथै, कपाल झर्ने समस्याले धेरैलाई तनाव दिएको हुन्छ। बर्सातमा छाला र कपालको हेरचाह आवश्यक छ।
–झरीमा भिजेपछि अनुहारको छाला, खुट्टा आदि राम्ररी धुनुपर्छ। सुक्खा हुने गरी पुछ्नुपर्छ। अनुहार धुन छालाअनुसारको फेसवास रोज्नुपर्छ। जसले छाला सफा गरोस् र अनुहारका छालामा रहेको प्राकृतिक तेललाई नहटाओस्। प्राकृतिक तेलले अनुहारलाई स्वस्थ र छालालाई चम्किलो बनाउँछ।
–बर्सातमा ब्याक्टेरिया उत्पन्न हुने गर्छन्। जसले गर्दा रोम छिद्र बन्द हुने समस्या बढ्छ। सातामा एकदुई पटक मृतकोशिका हट्ने गरी छाला सफा गर्नुपर्छ। मृतकोशिका हटाउँदा नयाँ कोशिकाको विकास बढ्छ। यसो हुँदा अनुहार कान्तियुक्त बन्छ।
–भिजेको कपाल कमजोर हुन्छ। कमजोर कपाल चाँडै झर्छ। पानीले कपाल भिज्दा काइँयोले कोर्नु वा तौलियाले बेस्मारी पुछ्नु हुँदैन। बर्खा याममा कपाल बलियो बनाउन मनतातो तेलले मालिस गर्नुपर्छ।
–वर्षाको मौसममा हिलोमाटोले गर्दा खुट्टा फोहोर हुने गर्छन्। लामो समयसम्म खुट्टा चिसा भइरहन्छन्। जसले गर्दा ब्याक्टेरियल इन्फेक्सन हुने डर रहन्छ। त्यसैले हिलोमाटोले फोहोर हुँदा र भिज्दा घर फर्केपछि सफा गरी खुट्टा धुनुपर्छ। दिनहुँ खुट्टामा म्वाइस्चराइजर लगाउनुपर्छ।
तपाईको कमेन्ट
अन्य समाचार
मुख्य समाचार
-
‘हामी सेकेन्ड ह्यान्ड समाजमा बाँचेका छौँ’
शनिबार, २८ पुष २०७५ -
छोरीको कुमारीत्व २७ लाखमा बेच्न खोज्ने आमा
मङ्गलबार, ०३ पुष २०७५ -
संसारमा हुने विचित्र सौन्दर्य प्रतियोगिता, मिस दुधालु गाईदेखि मिस कन्डमसम्म
आइतबार, ०१ पुष २०७५ -
कपाल झरे कसो गर्ने ? यस्तो छ ब्युटी एक्सपर्टको सल्लाह
शुक्रबार, २८ मङि्सर २०७५
छुटाउनु भयो कि
-
लभ गर्ने बिहे नगर्ने
आइतबार, १५ मङि्सर २०७६ -
खाटमा सहवास कि युद्ध ?
शनिबार, २१ मङि्सर २०७६ -
पहिलो यौन अनुभव
बिहिबार, ०५ मङि्सर २०७६ -
ब्युटिसियन भन्छन्,‘मेकअप भव्य कला हो’
बिहिबार, ०५ मङि्सर २०७६