हानिकारक फास्टफुड

writer

सम्पूर्ण

शुक्रबार, १७ साउन २०७६


फास्टफुडले स्वास्थ्यमा नकारात्मक असर पार्छ भन्ने कुरा धेरैलाई थाहा छ। यसले मोटोपन मात्र बढाउँदैन, गम्भीर स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ।


–पिज्जा, बर्गर, फ्राइड स्न्याक्सजस्ता जंकफुडमा नुनको मात्रा धेरै हुन्छ। जसले व्यक्तिको रक्तचाप बढाउनुका साथै शरीर सुन्निने समस्या देखिन सक्छ।

–फास्टफुडले छालामा पनि असर पार्छ। यस्तो खाना खानेको अनुहारमा डन्डीफोर, दागधब्बा हुने समस्या हुन्छ। जंकफुड खाँदा शरीरमा हर्मोन असन्तुलित हुन थाल्छ। जसले गर्दा छालासम्बन्धी विभिन्न समस्या देखिन थाल्छन्।

–बढी फास्टफुड खाने व्यक्तिलाई निद्रा नलाग्ने समस्याले सताउँछ।

–जंकफुड कपालका लागि पनि हानिकारक हो। ताजा भोजनको तुलनामा यस्तो खानामा पोषक तत्त्व कम पाइन्छन्। जसले गर्दा कपालले पर्याप्त पोषण पाउँदैनन् र झर्न थाल्छन्। 

–फास्टफुडमा चिनीको मात्रा बढी हुन्छ। जसले रगतमा चिनीको मात्रालाई बढाउँछ। फास्टफुड खाने व्यक्तिलाई मधुमेहजस्ता रोगले च्याप्न सक्छ।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि