गुणकारी दुबो

writer

सम्पूर्ण

शुक्रबार, १७ साउन २०७६


पूजापाठमा प्रयोग हुने दुबोमा औषधीय गुण पनि हुन्छ। यसमा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, फाइबर आदि पर्याप्त मात्रामा पाइन्छन्। विभिन्न समस्यामा दुबो प्रभावकारी छ।


–दुबोले शरीरको प्रतिरोधक क्षमता बढाउने काम गर्छ। यसमा हुने एन्टी–भाइरल गुणले शरीरको रोगसँग लड्ने क्षमता बलियो बनाउँछ।

–दुबो प्रयोग गरी अनिद्रा, थकान, तनाव आदि समस्याबाट राहत पाउन सकिन्छ।

–दुबोमा हुने एन्टी–सेप्टिक गुणले छालासम्बन्धी समस्यामा लाभ दिन्छ। चिलाउने, छाला रातो हुनेलगायत समस्या दुबो प्रयोग गरी हटाउन सकिन्छ। त्यसका लागि दुबो र बेसारलाई सँगै पिसेर पेस्ट बनाएर छालामा लगाउँदा समस्याबाट राहत पाउन सकिन्छ। 

–दुबोको रस खाने व्यक्तिलाई पटक–पटक तिर्खा लागिरहँदैन। पिसाबसम्बन्धी समस्यामा पनि लाभ मिल्छ।

–एनिमियाबाट पीडित व्यक्तिका लागि दुबोको रस फाइदाजनक छ। यसले एनिमियाको समस्या हटाउँछ। रगत सफा गर्छ। शरीरमा रातो रक्तकोशिका बढाउन मद्दत गर्छ। रगतमा हेमोग्लोबिनको स्तर बढ्छ।

–बिहानै उठेर खाली खुट्टा दुबोमा हिँड्नुपर्छ। हरियो दुबो हेर्दा आँखाको ज्योति बढ्छ। दुबोको रस बिहान खाँदा छाला र मानसिक समस्याबाट राहत पाइन्छ।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि