हरेक वर्ष एक अर्ब टन खाना फालिन्छ

writer

सम्पूर्ण

बिहिबार, १६ साउन २०७६


खाद्य तथा कृषि संगठनका अनुसार हरेक वर्ष संसारमा १ अर्ब ३० करोड खाना फालिन्छ। विकसित देशमा धेरै खाना बर्बाद हुने गरेको छ। अमेरिका, अस्ट्रेलिया र युरोपका विकसित देशमा हरेक वर्ष करिब ६ सय ८० अर्ब डलर बराबरको खाद्य सामग्री नष्ट हुने गरेको छ भने विकासशील देशमा ३ सय १० अर्ब डलर बराबरको खाना बर्बाद हुने गरेको छ। 

स्टाटिस्टा डट कमका अनुसार खाना बर्बाद गर्न अस्ट्रेलिया अग्रणी देखिएको छ। सन् २०१७ को तथ्यांकअनुसार अस्ट्रेलियामा प्रतिवर्ष एक जना व्यक्तिले करिब ३ सय ६१ किलोग्राम खाना फाल्ने गर्छ।

अमेरिकामा प्रतिव्यक्ति २ सय ७८ किलोग्राम, टर्कीमा १ सय ६८, स्पेनमा १ सय ६५ र जापानमा १ सय ५७ किलोग्राम खाना फाल्ने गरेको तथ्यांक छ। त्यसै गरी, हरेक दिन २० करोड मान्छे भोकै सुत्ने भारतमा प्रतिव्यक्ति ५१ किलोग्राम खाना बर्बाद हुने गरेको छ। 

तपाईको कमेन्ट