पूजाका नक्कली फ्यानको आतंक

writer

सम्पूर्ण

बिहिबार, १६ साउन २०७६


पूजा शर्माका बारेमा केही लेख्दै हुनुहुन्छ, भने विचार गर्नुहोस्। नत्र उनका नक्कली फ्यानले तपाईंलाई हायलकायल पार्नेछन्।

अघिल्लो हप्ता पूजाले एउटा बेनामे फिल्ममा २० लाख लिएको समाचार आयो। यही समाचारलाई लिएर पत्रकारले स्वस्तिमा खड्कालाई प्रश्न सोधे। उनले २० लाख लिने कलाकारले ५० लाखको बिजनेस निर्मातालाई दिँदा मात्र २० लाख लिएको सार्थक हुने जवाफ दिइन्।

धेरै मिडियामा स्वस्तिमाले पूजालाई झटारो हानेको समाचार आए। फेरि त के थियो, पूजाका नक्कली फ्यान स्वस्तिमाका विरुद्ध लागे। नक्कली यस अर्थमा कि यसरी पूजाको पक्षमा बोल्ने कसैको पनि फेसबुक आईडी सक्कली छैन।  बाध्य भएर स्वस्तिमाले आफूलाई पूजाले २० लाख लिएको बारेमा थाहै नभएको प्रतिक्रिया दिइन्।

त्यसो त फ्यानको सत्तोसरापमा पर्ने स्वस्तिमा पहिलो अभिनेत्री होइनन्। अभिनेत्री आँचल शर्मा पनि बारम्बार यसको चपेटामा पर्ने गरेकी छिन्। पूजाका फ्यानले आँचलको पनि दोहोलो काढ्ने गरेका छन्। उद्योगमा अरूसँग भन्दा पनि पूजाका फ्यानसँग पो बच्नुपर्ने भो ! 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि