सिल्क सारीको स्याहार

writer

सम्पूर्ण

सोमबार, १३ साउन २०७६


सिल्कका सारीको स्याहासम्भार गरिएन भने खराब हुने डर रहन्छ। लामो समयसम्म सिल्कका सारी टिकाउन केही उपाय अपनाउनुपर्छ।

–सिल्कको सारीलाई सधैँ सुतीको कपडामा बेरेर राख्नुपर्छ। बर्सातमा सारीमा गन्ध नआओस् भनेर बेलाबेलामा घाममा राख्नुपर्छ। सारीमा पानी परेमा सीधै घाममा सुकाउनु हुन्न। पानीको दागधब्बा बस्न सक्छ। ड्राइक्लिन गराउनुपर्छ।
–सिल्क सारीबाट सजिलै दाग निकाल्न पेट्रोल प्रयोग गर्नुपर्छ। जुस, आइसक्रिम, चिया लगायतको दाग डिटर्जेन्टबाट निस्किन सक्छ।
–सारीमा ब्रस प्रयोग गर्नु हुँदैन। यसो गर्दा सारी च्यातिन सक्छ।
–कीरा, धुलो, चिसोबाट सिल्कको सारीलाई बचाउन सेतो सुती कपडामा बेरेर राख्नुपर्छ। यसो गर्दा सारीमा प्रयोग भएको जरी कालो हुँदैन। सिल्क सारीलाई प्लास्टिक कभर वा काठको बाकसमा राख्नु हुँदैन। फलाम वा काठको ह्यांगरमा पनि झुन्ड्याउनु हुँदैन। सारीलाई सफा पेपरमा बेरेर राख्नुपर्छ।
–सिल्क सारी फोल्ड गरी राख्दा त्यसमा निशान बस्छन्। त्यसैले सारीलाई बेला–बेलामा खोलेर फेरि फोल्ड गर्न सकिन्छ।
–अरू फेब्रिकका सारीसँग सिल्क सारी राख्नु हुँदैन। छुट्टै पेपर वा सुतीको कपडामा बेरेर राख्नुपर्छ।
–सिल्क सारी घाममा सुकाउँदा पनि सीधा सुकाउनु हुँदैन। सारीमाथि सुतीको हलुका कपडाले छोप्नुपर्छ।
–आइरन गर्दा सिल्क सारीमा पानी हाल्नु हुँदैन। यसो गर्दा दाग बस्न सक्छ।
–सिल्क फेब्रिकको सारीलाई सधैँ चिसो र अँध्यारो स्थानमा राख्नुपर्छ।
 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि