बर्खे फेसन

जयन सुब्बा मानन्धर
सोमबार, १३ साउन २०७६
मौसमअनुसार फेसन ट्रेन्ड बदलिरहेको हुन्छ। मौसम र फेसनअनुसार ट्रेन्डी लुक पाउन सकिन्छ। यस मनसुनमा ट्रेन्डी लुक पाउन नियोन, एप्पल ग्रिनजस्ता रङ प्रयोग गर्न सकिन्छ। यस्तो रङले ताजा महसुस गराउँछन्। लाइक्रा र जर्जट वर्षा यामका लागि उपयुक्त फेब्रिक हुन्।
पहिरनः सर्ट, जम्पसुट, पेन्सिल स्कर्ट, हाइवेस्ट ट्राउजर, स्कार्फ, हाफ प्यान्ट आदि।
रङः नियोन, रातो, गुलाबी, हरियो, पहेँलो आदि।
जुत्ताः फ्लिप फ्लप्स, पीसीबी फुट वेयर्स, रबर बुट्स, प्लास्टिक स्लिपर आदि।
एक्सेसरिजः प्लास्टिक इयररिंग्स, पीसीबी ब्याग, पीसीबी बेल्ट।
टिप्स
बर्सातमा शरीरको तल भागमा लगाइने लुगा गाढा रङको प्रयोग गर्नुपर्छ। चम्किला र हलुका रङमा हिलो, माटो, फोहोर लागेर ड्रेस छिट्टै फोहोर देखिन सक्छ। वर्षा याममा सिल्क फेब्रिक प्रयोग गर्नु हुँदैन। पानीमा भिजेपछि यो फेब्रिकका लुगा चाँडै सुक्दैनन्। साथै, यस मौसममा हाइहिल जुत्ता लगाउनु हुँदैन। पानीमा चिप्लिने डर रहन्छ। बर्खामा लेदरका सामान प्रयोग गर्नु हुँदैन। चिसो हुँदा लेदर बिग्रने, ढुसी आउने र गन्हाउने हुन्छ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७