सेभिङ गर्दा ध्यान दिनुपर्ने कुरा

writer

सम्पूर्ण

शनिबार, ०४ साउन २०७६


–सेभिङ गर्नुभन्दा केही मिनेटअघि प्रिसेभिङ अइल प्रयोग गर्नुपर्छ । यसले दाह्रीलाई नरम बनाउँछ । छालालाई म्वाइस्चराइज गर्छ ।

–सेभिङ क्रिमले छालामा जलन महसुस हुन्छ भने घिउकुमारी भएको सेभिङ क्रिम प्रयोग गर्न सकिन्छ । अनुहारमा डन्डीफोर भएकाले आफ्नो छालाअनुसार सेभिङ क्रिम छनोट गर्नुपर्छ ।

–सेभिङ गर्दा क्रिम लगाएर फिँज निकालेर एक मिनेटरसम्म यसै छोडिदिनुपर्छ । यसो गर्दा दाह्री नरम बन्छ । सेभिङ गर्दा सजिलो हुन्छ ।

–इलेक्ट्रिक रेजरले छालालाई कम हानि पुर्‍याउँछ । सेभिङ गरेपछि आफ्टर सेभ लोसन लगाउनुपर्छ । त्यसपछि अनुहारको छालामा म्वाइस्चराइजर क्रिम लगाउन सकिन्छ । यसो गर्दा छाला नरम हुन्छ र जलन महसुस हुँदैन ।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि