वर्षामा जुत्ताको सफाइ गर्ने ४ तरिका

writer

सम्पूर्ण

शनिबार, ०४ साउन २०७६


बर्खा याममा हिलो माटोले गर्दा घरबाट बाहिर निस्किँदा जुत्ता फोहोर हुन्छ । फोहोर जुत्तालाई यसरी सफा गर्न सकिन्छ ।

–सेता जुत्तालाई चिसो स्पन्जले पुछ्नुपर्छ । यसो गर्दा जुत्तामा गाढा दागधब्बा बस्दैनन् । धुलो टाँस्सिएर सेतो जुत्ता पहेँलो देखिन थाल्छ । चिसो स्पन्जले पुछ्दा त्यो धुलो पनि हट्छ । 
–हिलोले फोहोर भएको जुत्तालाई केही बेर डिटर्जेन्ट घोलिएको पानीमा डुबाउने । पछि स्क्रब गरी सफा गर्ने । यसो गर्दा त्यसमा भएका दागधब्बा हट्छन् । 
–बेकिङ सोडाको मद्दतले पनि फोहोर जुत्ता सफा गर्न सकिन्छ । त्यसका लागि डिटर्जेन्ट घोलिएको पानीमा बेकिङ सोडा मिसाउने । जुत्तामा लागेको फोहोरलाई स्पन्जको मद्दतले सफा गर्ने । 
–फोहोर जुत्ता सफा गर्न कागती पनि सहयोगी छ । मनसुनमा चिसोका कारणले खुट्टा चिपचिप हुन्छ । खुट्टामा पसिना बढी आउनेले जुत्ता सफा गर्दा पानीमा केही थोपा कागतीको रस मिसाउनुपर्छ । त्यसमा अलिकति नुन पनि मिसाउन सकिन्छ । कागतीले फोहोर जुत्ता सफा गर्छ र जुत्ताको गन्ध पनि हटाउँछ ।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि