‘दर्जनौँ जोर स्पोर्टस सुज छन्’

writer

आशक्ति फुयाल

बिहिबार, ०२ साउन २०७६


उपासना सिंह ठकुरी, अभिनेत्री

सेलिब्रिटी वार्डरोब

आवश्यक पर्ने सामान सबै दराजमा राख्ने गर्छु। बाहिरभन्दा पनि दराजमा सामान मिलाएर राख्न मन पर्छ। मेरो वार्डरोबमा सबैभन्दा बढी लुगा नै छन्। टन्नै लुगा जम्मा पार्न रुचाउँछु र छानी–छानी लगाउँछु। मसँग थरी–थरी डिजाइनका लुगा छन् ।

सबैभन्दा धेरै नीलो रङका पहिरन छन्। नीलो र कालो मन पर्ने रङ हुन्। नीलो र कालो रङ मलाई सुहाउँछजस्तो लाग्छ। त्यसैले पनि मन पराउँछु। मेरो दराज नीलो र कालो रङका लुगाले भरिएका छन्। प्रायः क्याजुअल लुगा लगाउन रुचाउँछु। टिसर्ट–प्यान्ट धेरै छन्। वानपिसभन्दा प्यान्ट–टिसर्ट लगाउन सहज लाग्छ।

दराजमा हिल जुत्ताभन्दा स्पोट्र्स सुज बढी छन्। दर्जनौँ जोर छन्। प्रायः स्पोट्र्स सुज लगाउँछु। गुची मेरो मन पर्ने ब्रान्ड हो। गुचीकै जुत्ता लगाउँछु। जुत्ता विदेश घुम्न गएका बेला त्यहीँबाट किनेर ल्याउँछु।

डिजाइन वेयर खासै लगाउँदिनँ। आफन्तको बिहेभोज वा त्यस्तै केही कार्यक्रम भयो भने मात्र डिजाइनरकोमा जान्छु। नत्र, क्याजुअल वेयर नै मन पर्छ। मसँग चस्माको पनि राम्रो कलेक्सन छ। चस्मा कहिल्यै पनि बाहिर राख्दिनँ। घर पुग्नासाथ वार्डरोबमा जतनले थन्काइहाल्छु। रेबन ब्रान्डका चस्मा मन पर्छन्। एकदमै ब्रान्ड कन्सस छु। घडी, पफ्र्युमलगायत पनि ब्रान्डेड नै प्रयोग गर्छु। राडो घडी मन पर्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार