कब्जियत हटाउने परबल

writer

सम्पूर्ण

शनिबार, २८ असार २०७६


परबलको तरकार स्वादिष्ट त हुन्छ नै, स्वास्थ्यका लागि फाइदाजनक पनि छ। यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ प्रशस्त मात्रामा पाइन्छन्। शरीरको प्रतिरोधात्मक क्षमता बढाएर रोगसँग लड्न मद्दत गर्छ, परबलले।

–परबलको तरकारी खाँदा पेटसम्बन्धी समस्यामा राहत पाउन सकिन्छ। पेट फुल्ने समस्या भएकाले परबलका तरकारी खानुपर्छ।

–हड्डी बलियो बनाउन पनि परबल सहयोगी छ।

–घाँटीमा कफको समस्या भएमा परबल प्रभावकारी हुन्छ।

–परबलमा फाइबर प्रशस्त पाइन्छ। जसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ। 

–पेटमा ग्यास बन्ने, कब्जियत हुने समस्यामा पनि परबल लाभकारी छ।

तपाईको कमेन्ट