यस्ता छन् स्याम्पू गर्ने सही तरिका

writer

सम्पूर्ण

शनिबार, २८ असार २०७६


कपाल झर्ने समस्याका धेरै कारणमध्ये एक हो, स्याम्पू गर्ने तरिका सही नहुनु। सही तरिकाले स्याम्पू गर्दा मात्र त्यसबाट कपाललाई फाइदा पुग्छ।

–स्याम्पू गर्नुअघि कपाल काइँयोले कोर्नुपर्छ। यसो गर्दा कपाल सुल्झिन्छन् र स्याम्पू सजिलै कपालको जरासम्म पुग्छ।

–कोही–कोहीले लामो समयसम्म एउटै ब्रान्डको स्याम्पू र कन्डिसनर प्रयोग गरिरहेका हुन्छन्। धेरै लामो समय हुँदा कपाललाई तिनको बानी परिसकेको हुन्छ। जसकारण तिनको असर कम हुन थाल्छ। मौसमका हिसाबले स्याम्पू बदल्नुपर्छ।

–स्याम्पू किन्दा बढी रसायन भएको, कपाललाई हानि पुर्‍याउने खालको त छैन भनेर बुझ्नुपर्छ।

–धेरैले कपालमा स्याम्पू गरेपछि कन्डिसनर प्रयोग गर्छन्। स्याम्पूअघि कन्डिसनर प्रयोग गर्दा त्यसबाट बढी फाइदा हुन्छ। पहिला कन्डिसनर र पछि स्याम्पू गरेर कपाल धुनुपर्छ। यसो गर्दा कपालले पोषण पाउँछ। कन्डिसनर लगाएपछि १० मिनेटसम्म यसै कपालमा रहन दिने र कपडाले छोपिदिने गर्नुपर्छ।

–बढी मात्रामा स्याम्पू प्रयोग गर्दा कपाललाई हानि हुन्छ। एक चम्चा स्याम्पू भए पुग्छ। लामो कपाल भएमा अलिकति बढी स्याम्पू प्रयोग गर्न सकिन्छ।

–स्याम्पू लगाउनुअघि पूरा कपाल भिजाउनुपर्छ र त्यसपछि मात्र स्याम्पू गर्नुपर्छ।

–कपालको जरामा पुग्ने गरी स्याम्पू गर्नुपर्छ। र, औँलाले बिस्तारै मसाज गर्दै कपाल सफा गर्नुपर्छ। यसो गर्दा कपालको जरामा जमेको फोहोर सफा हुन्छ।

–कतिपयले स्याम्पू लगाउनासाथ पखालिहाल्छन्। यसो गर्नु ठीक होइन। यसो गर्दा चाया पर्ने डर हुन्छ। कम्तीमा तीन मिनेट स्याम्पू गरेपछि मात्र कपाल धुनुपर्छ।

–हतार–हतारमा कपाल धुँदा स्याम्पू राम्ररी जाँदैन। त्यसका लागि राम्ररी कपाल धुनुपर्छ।


 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि