नीमको तेलका फाइदैफाइदा

writer

सम्पूर्ण

शनिबार, २८ असार २०७६


नीममा औषधीय गुण हुन्छ। यसको बीउबाट निकालिएको तेल फाइदाजनक हुन्छ। स्वास्थ्य र सौन्दर्य दुवैका लागि लाभकारी छ, नीमको तेल।

–आँखासम्बन्धी विभिन्न समस्यामा नीमको तेल लाभदायक हुन्छ। आँखामा समस्या हुँदा यस तेललाई गाजलजस्तै लगाउन सकिन्छ। आँखा सुन्निँदा नीमको पात पिसेर लगाउन सकिन्छ।

लामखुट्ट र त्यसबाट जन्मिने लार्भालाई नीमको मद्दतले नष्ट गर्न सकिन्छ। यसले जैविक कीटनाशकको काम गर्छ। पर्यावरणलाई हानि पुर्‍याउँदैन। माहुरी, गड्यौलाजस्ता उपयोगी कीरालाई हानि पुर्‍याउँदैन।

सुक्खा छालाका लागि नीम फाइदाजनक छ। छाला सुन्निँदा वा चिलाउँदा पनि यसले राहत दिन्छ। पोलिएर शरीरमा घाउ हुँदा नीमको तेलले घाउ निको पार्न मद्दत गर्छ। डन्डीफोरको दाग हटाउन पनि मद्दत गर्छ।

–कपाल स्वस्थ र चम्किलो बनाउन पनि नीमको तेल लाभकारी छ। कपाल सुक्खा भएमा नीमको तेल लगाउनुपर्छ। कपालमा हाँगा फाट्दा, जुम्रा पर्दा पनि नीमको तेल प्रभावकारी छ।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि