तर्सेलान् त दर्शक ?

writer

सम्पूर्ण

बिहिबार, २६ असार २०७६


बेनिशा हमालको फिल्मी करिअर धुकचुक गर्दै चलिरहेको छ। सँगैका हिरोइन साना–ठूला जस्ता ब्यानरमा भए पनि धेरथोर व्यस्त छन्। तर, बेनिशा भने फुर्सदमा छिन्। धेरै हिरोइनको फुर्सदको कमाइ खाने बाटो म्युजिक भिडियोमा पनि उनको उपस्थिति पातलो छ। बरु घुम्न व्यस्त छिन्। कहिले बाली त कहिले रारा घुमिरहेकी छिन्। 

यो साल उनको एउटै मात्र फिल्म रिलिज हुनेवाला छ, ‘घर’। फिल्ममा बेनिशा सुरक्षा पन्त र अर्पण थापासँगै देखिँदै छिन्। तर, फिल्मको प्रचारको समयमा निर्माता दीपेन्द्र के खनाल फिल्मकी अर्की हिरोइन सुरक्षा लिएर नयाँ फिल्मको सुटिङ गरिरहेका छन्। फिल्मको रत्तिभर प्रचार छैन। बेनिशा एक्लै फाट्टफुट्ट हिंडिरहेकी छिन्। प्रचारकै क्रममा उनले सुटिङको समयमा आफू निकै डराएको बताएकी छिन्। उनका अनुसार त कति दिन त उनी डरले सुत्न पनि सकिनन्।
बेनिशा सुटिङमा तर्सिन्, ठीकै भो। नत्र त हलमा गएर दर्शक तर्सिने त छाँटै छैन। आउँदो हप्ता फिल्म रिलिज हुँदै छ, तर प्रचार सुको छैन। कहीँ निर्देशकले बेनिशा डराएको सम्झेर चित्त बुझाउन नपरोस्।
 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि