सार्कमा पनि उत्कृष्ट

writer

सम्पूर्ण

बिहिबार, २६ असार २०७६


नायिका स्वस्तिमा खड्का ।

नेपालमा कलाकारले हिट फिल्म पाउन तड्पिनुपर्छ । कतिपय कलाकार हिट सुन्नै नपाई रिटायर्ड हुन्छन् । कसैका फिल्म हिट त हुन्छन् तर अवार्ड देख्न पाउँदैनन् । नेपालका अवार्ड पाइहाले पनि अन्तर्राष्ट्रिय अवार्ड त कल्पनाभन्दा परको कुरा । यस्ता धेरै दुःखका बीच पनि स्वस्तिमा खड्काले भने एकपछि अर्को सफलता पाइरहेकी छिन् । 

अघिल्लो साल मात्र उनी अभिनीत तीन वटै फिल्म हिट भए । ‘नाइँ नभन्नू ल ५’ र ‘जय भोले’ व्यापारिक रूपमा सफल भए भने ‘बुलबुल’ले स्वस्तिमाको अभिनयलाई नयाँ उचाइ दियो । २५ वर्ष पनि नकटेकी उनी फिल्ममा आठ वर्षीय छोरीकी आमा बनेकी थिइन्, तर कहीँ कतै पनि उनी नक्कली लागिनन् ।

यही कारण नेपालमा हरकोही उनको अभिनय कलाको फ्यान भए । तर, यो क्रम सार्क फिल्म फेस्टिभलमा पनि रोकिएन । श्रीलंकाको कोलम्बोमा भर्खरै सम्पन्न फिल्म फेस्टिभलमा स्वस्तिमाले ‘बुलबुल’बाट जुरी अवार्ड जितेकी छिन् । यो साल उनको चाँदी कटाइ हुनेवाला छ । सार्कमै अवार्ड पाएपछि नेपालमा उनलाई कसले रोक्ने ?
 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि