न्युटनको तेस्रो नियम

writer

सम्पूर्ण

बिहिबार, २६ असार २०७६


जेपी गुप्ता 
चिया, अदुवा, अलैँचीको निर्बाध भारत निकासीको क्वारेन्टाइनको सवाल यथावत् छ। भारतसमक्ष हामी विनीत छौँ। यसै बीच भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षणको व्यवस्था गरिनु हाम्रो हितमा भए पनि समयोचित थिएन। अन्ततः फेरि अपरिपक्वताले अपमानको रस पिलायो। 

डा. जी. पोखरेल
विषादी चेक गर्न समय कुर्नु पर्दैन। पर्छ र ? 
...........................................................................................

विष्णु रिमाल 
भनिन्छ–
छौँडाहरू आफैँ चलमलाउँदैनन् 
कसैले छोड्छन्, दुःख दिन्छन् !
यी छौँडाहरू आफैँ चलमलाएका हुन् कि 
कसैले छोडेका ? 

अर्जुनकुमार शर्मा 
गणतन्त्रमा ढुंगेयुगको कुरा गर्ने ? बोक्सीको कुरा गर्ने ? छौँडाको कुरा गर्ने ? रूढीवादी÷संविधानविरोधी ! 
........................................................................................... 

बाबुराम भट्टराई 
हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले स्रोताहरूलाई हँसाउनुभएछ। त्योसँगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि ? 

युवराज 
यदि घमण्ड नाप्ने तुलो हुन्थ्यो भने जोख्दा दुवै जना समान होलान्, घमण्डमा। यिनीहरूलाई माकुराको बच्चाले आफ्नै आमा खा’को यथार्थ कथा चैँ था’ रै’न र’छ। घमण्डले दुइटैलाई खान्छ। 
........................................................................................... 

बाबाजी 
बर्सेनि हूलका हूल नेपाली (खास गरी पत्रकार र विद्यार्थी नेता) खै के–के अध्ययन भ्रमण भन्दै निःशुल्क चीन कुदेका कुद्यै हुन्चन्। के अध्ययन गर्चन्, के सिक्चन्, फर्केर कस्लाई ज्ञान बाँड्चन्, पत्तो पा’भा’ मरिजाम् ! अन्त यस्तै सिक्न कत्तिको जान्चन्, कुन्नि ?

खिमलाल पन्थी
पहिले भारत जान्थे। अहिले भूराजनीतिक अवस्था फेरिएको छ। हामी कम्युनिस्ट हौँ भनेर देखाउन पनि पर्‍यो। भारतलाई काउन्टर दिन पनि चीनले सबैलाई स्पोन्सर गर्छ। 
...........................................................................................
 

तपाईको कमेन्ट

छुटाउनु भयो कि