इन्डोनेसियाली बाटिक मेला सम्पन्न

writer

सम्पूर्ण

बुधबार, २५ असार २०७६


इन्डोनेसियाली दूतावास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्वारा असार १९ र २० गते बाटिक मेला आयोजना गरिएको थियो । काठमाडौँ, दरबारमार्गमा रहेको होटल अन्नपूर्णमा कार्यक्रम भएको थियो ।

नेपालका लागि इन्डोनेसियाली राजदूत रिना पी सोएमर्मो र नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकाले संयुक्त रूपमा उद्घाटन गरेको मेलामा इन्डोनेसियाली बाटिकद्वारा निर्मित पहिरन प्रदर्शन गरिएका थिए । उद्घाटन कार्यक्रममा इन्डोनेसियाको कला र संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम पनि भएको थियो । 


 

तपाईको कमेन्ट

छुटाउनु भयो कि