फेसनमा ‘स्ट्रिटवेयर’

writer

मनोज नेपाल

बुधबार, २५ असार २०७६


स्ट्रिटवेयर टिनएजरमाझ निकै लोकप्रिय छ। खुकुलो र हल्का, लगाउन सहज हुने भएकाले बजारमा टिसर्ट, ट्राउजर, जिन्स, वानपिस, चेक सर्ट,हट प्यान्ट, अफ सोल्डर, स्पोट्र्स वेयरलगायत स्ट्रिटवेयरमा पर्छन्।

युवतीले वानपिस लगाउन रुचाउँछन्। लङ, क्वार्टर र सर्ट गरी तीन डिजाइनमा वानपिस पाइन्छ। फ्ल्याट चप्पलको साथमा वानपिस ड्रेस रुचाइने आउटफिट हो। सिल्क, कटन, सिफनलगायत फेब्रिकमा वानपिस पाइन्छन्। सेलिब्रिटीदेखि सामान्य मानिसमाझ लोकप्रिय छ, स्पोट्र्स वेयर। लगाउन हलुको हुनाका साथै हिँडडुल गर्न सजिलो, योग तथा व्यायाम गर्न सजिलो हुने भएकालेधेरैको रोजाइमा परेको हो, स्पोट्र्स वेयर।

हट प्यान्ट अहिले बजारमा खूब चलेको छ। पछिल्लो समयमा सादा जिन्सको हट प्यान्ट मात्रै नभई ग्रन्ज जिन्स हट प्यान्ट, प्लेन जिन्स हट प्यान्ट, फ्लेक्जिबल हट प्यान्ट  र कपडाका हट प्यान्ट फेसनमा छन्। ग्रन्ज टिनएजर्सले मन पराउँछन् भने अरूको रोजाइमा सादा हट प्यान्ट पर्ने गरेका छन्।

अफसोल्डर टिसर्ट, ड्रेस पनि खूब रुचाइएका छन्। घाँटीको भागदेखि कुमसम्म खुला हुने भएकाले गर्मीका लागि उपयुक्त पहिरन मानिन्छ। रेडिमेडभन्दा सिलाएको लुगा टिकाउ हुने हुँदा कतिपयले अफसोल्डर सिलाएर पनि लगाउने गरेका छन्। धेरैले अफसोल्डर ब्लाउज, वानपिस, कुर्ता र लेहंगा–चोली सिलाउन रुचाउने गरेका छन्। 

फरक लुक पाउन कोही–कोहीले कटन चेक सर्ट लगाउने गर्छन्। भित्र साधारण टिसर्ट लगाएर सर्टको टाँक खुला राखी चेक सर्ट लगाउँछन्। 
 

तपाईको कमेन्ट

छुटाउनु भयो कि