‘द पायनियर’ अवार्डमा मनोनीत

writer

सम्पूर्ण

बिहिबार, १९ असार २०७६


शैक्षिक परामर्श सेवा प्रदायक कम्पनी ‘एजुकेसन पार्क’ एजुकेसन एजेन्सी अफ द इयर विधामा ‘द पायनियर अवार्ड–२०१९’ का लागि मनोनीत भएको छ। काठमाडाँै, सुन्धारास्थित सिभिल मलमा रहेको एजुकेसन पार्कले भाषा कक्षा तथा शैक्षिक परामर्श सेवा दिँदै आएको छ। अस्टे«लिया, अमेरिका, बेलायत, न्युजिल्यान्डलगायत देशमा पढ्न चाहनेलाई पार्कले परामर्श दिने गरेको छ। 

द पायनियर अवार्ड शिक्षा क्षेत्रको ठूलो अन्तर्राष्ट्रिय सम्मान मानिने कम्पनीका कार्यकारी निर्देशक विराज पाण्डे बताउँछन्। ‘नेपालमा शैक्षिक परामर्श सेवा क्षेत्रमा स्वदेशी कम्पनीसँगै विदेशी (पे्रmन्चाइज) कम्पनी पनि त्यत्तिकै भित्रिरहेका छन्,’ उनी भन्छन्, ‘तर, एजुकेसन पार्क विशुद्ध नेपाली कम्पनी हो, जो अन्तर्राष्ट्रिय स्तरको अवार्ड समारोहमा मनोनीत भएको छ।’ यसरी मनोनयनमा पर्ने एजुकेसन पार्क नेपालकै पहिलो कम्पनी भएको पाण्डेको दाबी छ। ‘विद्यार्थी र अभिभावकको विश्वासले कम्पनी एजुकेसन एजेन्सी अफ द इयर विधामा यस अवार्डको दाबेदार भएको हो,’ उनी भन्छन्। 

यो समारोह ‘द पाई’ नामक एक स्वतन्त्र कम्पनीद्वारा २०७० सालदेखि प्रत्येक वर्ष आयोजना गरिँदै आएको छ। यसले ‘द पाई न्युज’, ‘द पाई रिभ्यू’, ‘द पाई जब्स’, ‘द पाई प्लस’ र ‘द पाई ब्लग’लगायत कार्यक्रम सञ्चालन गर्छ। द पाई अवाड्र्सले ‘अकोमोडेसन प्रोभाइडर’, ‘डिजिटल इनोभेसन’, ‘एजुकेसन एजेन्सी’लगायत १६ विधामा उत्कृष्ट संघ–संस्थालाई हरेक वर्ष सम्मानित गर्छ। यो समारोह अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको ‘ओस्कर’ नै भएको एजुकेसन न्युजिल्यान्डका जनरल म्यानेजर पल इर्विन बताउँछन्। यस वर्ष एजुकेसन पार्कसँगै विभिन्न देशका छ वटा संस्था पनि मनोनयनमा परेका छन्। यो कम्पनीको ठूलो उपलब्धि भएको कम्पनीका कार्यकारी निर्देशक पाण्डे बताउँछन्।

एजुकेसन पार्कले केही समयअघि विदेश अध्ययनमा जाँदा आइपर्ने चुनौतीबारे अभिभावकलाई सूचित गर्न ‘प्यारेन्ट्स इन्फर्मेसन सेसन’ आयोजना गरेको थियो। त्यस्तै, विभिन्न विद्यालयका विद्यार्थीलाई विदेश अध्ययनबाहेक करिअर डेभलपमेन्टका लागि आवश्यक परामर्श दिने गरेको छ। साथै, विद्यालयस्तरमा हुने विभिन्न कार्यक्रममा समेत एजुकेसन पार्क सहभागी हुँदै आएको छ। शिक्षा क्षेत्रबाहेक ‘स्टोरी टेलर्स नेपाल’, ‘आइडिया स्टुडियो’, ‘डिबेट स्टार’, ‘नेपाल आइडल’जस्ता युवा वर्गको विकासका लागि सञ्चालित कार्यक्रममा समेत पार्कले सहभागिता जनाउने गरेको छ। अवार्ड सेप्टेम्बर १९ मा लन्डनको गिल्ड हलमा हुनेछ। 

तपाईको कमेन्ट

मुख्य समाचार