मालीको काम गर्छन् राजा

writer

सम्पूर्ण

मङ्गलबार, १७ असार २०७६


इरिक मानू पश्चिम अफ्रिकी क्षेत्रमा पर्ने देश घानाको आदिवासी समुदाय अकानका सदस्य हुन्। उनी क्यानडामा माली काम गर्थे। समुदायका राजा थिए, मानूका काका द्याट। गत वर्ष ६७ वर्षीय द्याटको निधन भएपछि मानू नयाँ राजा भए।

उनी तीन वर्षदेखि आफूले गरिरहेको काम छाडेर पत्नीसहित आफ्नो गाउँ अदान्सी अदोआबो फर्के र आफ्ना छ हजार जनताको राजा भएर बसे। तर, हालसालै उनी क्यानडा फिरेका छन्, पुरानो काममा। राजा मानू त्यहाँ मालीको काम गरेर आफ्ना जनताका लागि स्वास्थ्य सेवा उपलब्ध गराउन चाहन्छन्। 

अकान समुदायका यी राजा क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा रहेको ‘द ल्यान्डस्केप कन्सल्ट्यान्ट्स’ नामक कम्पनीमा काम गर्छन्। मानूको राज्याभिषेक समारोहमा कम्पनीकी सञ्चालक सुसान वाट्सन घाना पुगेकी थिइन्।

त्यसपछि उनले समुदायलाई सहयोग गर्न एउटा गैरनाफामुखी संस्था खोलिन्। संस्थाले गत वर्ष समुदायलाई शैक्षिक सामग्री, लत्ताकपडा, औषधि र केही थान ल्यापटप उपलब्ध गराएको थियो।

आफ्नो गरिब समुदायको स्वास्थ्य सेवाका लागि पैसा जुटाउन क्यानडामा मालीको काम गरिरहेका राजा मानू भन्छन्, ‘राजा हुनु भनेको ठूलो जिम्मेवारी निर्वाह गर्नु हो।’ 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि