के हो साइबर सेक्स ?

writer

सम्पूर्ण

बुधबार, ०४ असार २०७६


प्रश्न : साइबर कानुनलाई लिएर बहस चलिरहेका बेला साइबर सेक्सबारे केही बताइदिनुस् न।                                        
जिज्ञासा : बी.

साइबर अपराधका अनेक खाले घटना बेला–बेलामा प्रकाशमा आइरहेका हुन्छन्। कतिपय घटना त निकै अविश्वासिला पनि हुन्छन्। साइबर अपराधका जेजति घटना समाचारमा आएका छन्, तीमध्ये बढीजसो यौन अपराधसँग जोडिएका छन्। 

तुलनात्मक रूपमा पुरुषमा साइबर सेक्सको लत बढी हुन्छ। नेपाली समाजमा पहुँच र स्वतन्त्रताको दृष्टिले पनि यसो भएको हुन सक्छ। अहिलेको पुस्तालाई कम्प्युटर, ग्याजेट, इन्टरनेटबारे राम्रो जानकारी छ। यी माध्यमबाट गरिने यौनिक गतिविधिलाई साइबर सेक्सका रूपमा लिने गरिन्छ। कुनै जमानामा पत्रपत्रिका, फिल्मबाट मानिस लुकीछिपी यौन आनन्द लिन्थे। समय फेरिएको छ, आजकल इन्टरनेटमार्पmत जो कोहीको यौनजन्य सामग्रीमा सहज पहुँच छ। बन्द समाज तथा परम्परागत मूल्य–मान्यताका पक्षधर राष्ट्रमा यस्ता सामग्रीलाई गैरकानुनी मानिन्छ। कडा सजायको व्यवस्था पनि गरिएको छ। तर, विडम्बना जहाँ बढी कडा गर्न खोजिएको छ, त्यहीँ नै यस्ता यौन सामग्रीको अधिक माग तथा गोप्य तवरले उपभोग गर्ने प्रवृत्ति देखिएको छ।

साइबर सेक्सलाई हस्तमैथुनसँग दाँज्न सकिन्छ। कहाँसम्म सामान्य, कहाँदेखि खराब लत छुट्याउनै मुश्किल छ। हस्तमैथुनजस्तै साइबर सेक्स पनि यौन आनन्द प्राप्त गर्ने एक वैकल्पिक उपाय हो भन्ने कुरामा दुई मत छैन। साइबर सेक्सका माध्यमबाट व्यक्ति विशेष एक्लैले भरपूर यौन आनन्द लिन सक्छ। विश्वव्यापी यौन हिंसा, बलात्कारका घटना वृद्धि हुनुमा साइबर सेक्स अर्थात् इन्टरनेटमा उपलब्ध भएका यौन सामग्रीलाई दोष दिनेहरूको कमी छैन। 

अन्य प्रयोजनका लागि इन्टरनेट प्रयोग गर्ने क्रममा यौन सामग्री उपलब्ध हुने साइट, पोर्टलबारे जानकारी छ भने रमाइलोको लागि यी सामग्री हेरेर कतिपयले यौन आनन्द लिने गर्छन्। तर, रमाइलोका लागि सुरु गरिएको काम पछि लत बन्न पुग्छ। तसर्थ, कानुनी रूपमै बन्देज गरिएको कुरालाई निरन्तरता दिने÷नदिने व्यक्ति विशेषमा भर पर्छ। एक्लो वातावरण, एकान्त ठाउँमा कम्प्युटर तथा ग्याजेटको उपलब्धता, अभिभावक तथा अग्रजको निगरानीको कमी, आईटीबारे जानकार, पोर्न साइट वा पोर्टलको जानकार, यस्ता सामग्रीमा आफ्नै इच्छा र साथीभाइको सल्लाह नै साइबर सेक्सका आधारभूत कारक तŒव हुन्।

निश्चय पनि साइबर सेक्स सीमित परिधिसम्म एकातिर यौन मनोरञ्जनको राम्रो एवं स्वस्थ विकल्प हो भने यसै कारण आफ्नो यौन चाहनालाई आफ्नो वशमा राख्न नसकिने खण्डमा यौन अपराध गर्न बेर लाग्दैन। साइबर सेक्सको खराब बानी लाग्यो भने विभिन्न शारीरिक समस्या देखापर्नुका साथै व्यक्तिगत कार्य क्षमतामा पनि व्यापक ह्रास आउँछ। साइबर सेक्सको लतले यौन जीवन नै अस्तव्यस्त हुन सक्छ। यसले गर्दा मानसिक समस्या निम्तिन सक्छ।

साइबर सेक्सको निरन्तर उपयोगले एचआईभी, एड्सलगायत यौनरोग लाग्नबाट बचाए पनि अनिँदो हुने, आँखा दुख्ने, ढाड दुख्ने, टाउको दुख्ने, अण्डकोष दुख्ने, आलस्य हुने, खाना खान मन नलाग्नेजस्ता लक्षण देखिन सक्छन्। साइबर सेक्सको लतबाट बच्न आवश्यक कार्यको लागि मात्र इन्टरनेट प्रयोग गर्नुपर्छ। इन्टरनेटमा यौन सामग्री हेर्ने सोच आउनासाथ तथा वातावरण बन्नासाथ साथीभाइ र परिवारजनको सामीप्यमा गई कुराकानी, हँसीमजाक गर्ने वा आपूmलाई मन पर्ने खेलकुदमा समयमा समय व्यतीत गर्नतर्पm लाग्नुपर्छ।

घरमा छोराछोरीले एक्लै इन्टरनेट चलाउन चाहने, कोही आउनासाथ अनुहार तथा मुड एक्कासि परिवर्तन गर्ने गर्छन् कि, अभिभावकले याद गर्नुपर्छ। छोराछोरीका साथीसंगीसँग अप्रत्यक्ष जानकारी लिनुपर्छ। कोही आवश्यकताभन्दा बढी समय कम्प्युटरमा व्यतीत गर्छ भने वास्तविकता बुभ्mनुपर्छ। साइबर सेक्सको खराब बानी छ भने आफ्नो मन मिलेको व्यक्तिसँग छलफल गर्नुपर्छ। आवश्यक परेको खण्डमा मनोचिकित्सकसँग परामर्श लिनुपर्छ।

साइबर अपराध र साइबर सेक्स एकापसमा जोडिएको हुँदा रोग लाग्नुभन्दा रोकथाम गर्नु बुद्धिमानी भनेजस्तै साइबर सेक्सलाई अनुशासित बनाउन सकेको खण्डमा साइबर अपराध पनि स्वतः घटेर जानेछ। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि