कागतीका छ फाइदा

writer

सम्पूर्ण

सोमबार, २७ जेठ २०७६


–टाउको दुखेमा कागतीको पातको रस निकालेर सुँघ्दा राहत मिल्छ।

–पटक–पटक तिर्खा लागेमा कागती चुस्ने वा त्यसको रस पानीमा मिसाएर खाँदा आराम मिल्छ।

–दाँत दुखेमा कागतीको टुक्रामा नुन राखेर तताउने। त्यो टुक्रा दुखेको दाँतले च्याप्ने र चुस्ने। यसो गर्दा दुखाइ कम हुन्छ।

–पानीमा कागतीको रस मिसाएर कुल्ला गर्दा सुन्निएको गिजामा लाभ मिल्छ।

–कागतीको रस र मह मिसाएर दल्दा गिजाबाट रगत वा पीप आउने समस्या हट्छ।

–बाडुली लागेमा एक चम्चा कागतीको रस र मह मिसाई खानुपर्छ। यसो गर्दा बाडुली बन्द हुन्छ।

–कागतीमा फिट्किरीको धुलो मिसाएर चिलाएको भागमा लगाउँदा निको हुन्छ।
 

तपाईको कमेन्ट