यसरी गरौँ कर्ली कपालको स्याहार

writer

सम्पूर्ण

सोमबार, २७ जेठ २०७६


घुम्रिएका कपाल हेर्दा आकर्षक देखिन्छन्। तिनको स्याहार त्यति नै आवश्यक छ। 

–नुहाएपछि कपाल सुकाउँदा नरम सुतीको तौलिया प्रयोग गर्नुपर्छ। कपाल पुछ्दा तौलियाले रगड्नु हुँदैन। कपाल बिस्तारै पुछ्नुपर्छ।

–घुम्रिएका कपाल कोर्दा हेयर ब्रस प्रयोग गर्नु हुँदैन। मोटो दाँत भएको काइँयो प्रयोग गर्नुपर्छ।

–कपालमा स्याम्पू गरेर, धोएर, सुकाएपछि हेयर सिरम प्रयोग गर्नुपर्छ। कपाल कोर्दा गाह्रो हुँदैन।

–कर्ली कपालमा स्याम्पू गरेपछि कन्डिसनर लगाउनुपर्छ।

तपाईको कमेन्ट