बिच्छी उपहार

writer

सम्पूर्ण

सोमबार, २७ जेठ २०७६


प्रतीकात्मक तस्बिर

केही हप्ताअघि चीनको सानदोङ प्रान्तकी एक महिलाले साथीबाट एउटा पार्सल प्राप्त गरिन्। डेलिभरी कम्पनीमार्फत प्राप्त भएको उपहार उदेकलाग्दो थियो। एउटा सानो झोलामा केही बिच्छी थिए। एउटा बिच्छीले महिलाको हातमा डसिहाल्यो। 

नाम गोप्य राखिएको ती महिला अस्पताल गइन्। बिच्छीले डसेको औँलाको उपचार गराइन्। महिलाले डेलिभरी कम्पनीसँग क्षतिपूर्ति मागिन्। कम्पनीले उनलाई सात हजार रुपैयाँ तिर्‍यो। 

सामाजिक सञ्जालमा उपहारको भिडियो सेयर गरेकी महिलाले स्थानीय पत्रिकामा भनिन्, ‘पहिले त मलाई साह्रै रिस उठेको थियो। तर, पछि विचार गर्दा साथीले मेरो भलो नै चाहेको लाग्यो। किनभने, चिनियाँ परम्परागत उपचार पद्धतिमा बिच्छीको प्रयोग हुन्छ।’ 

तपाईको कमेन्ट