प्लेन ढिलो उड्दा राजीनामा

writer

सम्पूर्ण

सोमबार, २७ जेठ २०७६


मेक्सिकोमा एक जना मन्त्रीले हवाईजहाजको उडान आफ्नो कारणले ढिलो भएकोमा राजीनामा दिएकी छिन्। अघिल्लो शनिबार वातावरण तथा प्राकृतिक संसाधन मन्त्री जोसेफा गोन्जालेज–ब्ल्यांकोले मन्त्री पदबाट राजीनामा दिएकी हुन्।

उनका कारण एक व्यावसायिक वायुसेवाको हवाईजहाज आधा घण्टा ढिलो उडेको थियो। अन्य हवाईयात्रुले ढिलाइको विरोध गरेपछि सञ्चारमाध्यममा उनको आलोचना भएको थियो। यसै क्रममा उनले माफी माग्दै राजीनामा दिएकी हुन्। 

‘मेरा कारणले प्लेन ढिलो उड्नु दुःखद थियो,’ उनले सञ्चारमाध्यमलाई पत्र लेख्दै भनेकी थिइन्, ‘मेक्सिकोको साँचो रूपान्तरणका लागि समानता र न्यायको सामञ्जस्य हुनुपर्छ। कसैले पनि विशेष अधिकार पाउनु हुँदैन।’ 

सञ्चारमाध्यमले राष्ट्रपतिको आदेशले प्लेन आधा घण्टा ढिलो उडेको बताएका थिए। तर, मन्त्री ब्ल्यांकोले यसमा राष्ट्रपतिको हात नभएको बताइन्। ‘प्लेन राष्ट्रपतिका कारण ढिलो भएको थिएन,’ उनले भनिन्, ‘जे भयो, त्यसको जिम्मेवार म थिएँ।’ नैतिकताको आधारमा राजीनामा दिएकी ब्ल्यांकोको धेरै देशका मिडियाले प्रशंसा गरेका छन्। 

तपाईको कमेन्ट