रीमाको अपुरो रहर

writer

सम्पूर्ण

शुक्रबार, २४ जेठ २०७६


हिरोइनमा एकरत्ति पनि लक नलागेकी हिरोइन रीमा विश्वकर्मा हुन्। पहिलो फिल्मदेखि लागेको ब्याड लक अहिलेसम्म पनि चलिरहेकै छ। बरु बीच–बीचमा म्युजिक भिडियो र एंकरिङ फापेका छन्।

नेपाल आइडलका दुई सिजनमा एंकरिङ गरेपछि दर्शकको दिमागबाट टाढिन लागेकी रीमाले फिल्ममा फाट्टफुट्ट मौका पाउन थालेकी छिन्। तर, उनको भाग्य उस्तो हो कि फिल्म नै त्यस्ता पर्ने हुन्, उनले खेलेका फिल्म न ढंगले बन्छन्, न रिलिज हुन्छन्। 

जस्तो कि, रीमाले यसअघि ‘सरकारी जागिर’ नामको फिल्म साइन गरेकी थिइन्। अघिल्लो चैततिरै हो सुटिङ सुरु भएको। तर, त्यसयता अत्तोपत्तो छैन। यसअघि उनले खेलेका फिल्म ‘भाले फाइट’, ‘बाटोमुनिको फूल २’ पनि यसै गरी आउनु र जानुको नियमितताको अंग मात्र भएका थिए। अर्थात्, एउटा हिट फिल्मको हिरोइन हुने उनको चाहाना अपूरै छ। 

यसै बीच, रीमाले भुवन केसीको अपोजिटमा नयाँ फिल्म ‘मिस्टर नेपाली’ गर्न लागेको खबर छ। तर, प्रश्न उही छ, जवान हिरोहरूले दिन नसकेको हिट भुवन केसीले कसरी देलान् ?

तपाईको कमेन्ट