समझदार अनमोल

writer

सम्पूर्ण

शुक्रबार, २४ जेठ २०७६


नायक अनमोल केसी ।

पहिलो फिल्म खेल्नेबित्तिकै सुरु भएको अनमोल केसीको चर्चा प्रत्येक फिल्मसँगै बढ्दो छ। दर्शकभन्दा पनि निर्माताको क्रेज यस्तो छ कि अनमोलले फिल्म खेल्छु मात्र भने लाखौँ खनाउन तयार छन्।

तर, पछिल्ला फिल्मको मिश्रित प्रतिक्रियाले अनमोलको सातो खाएजस्तो छ। त्यसैले उनले नयाँ फिल्म खेल्ने नयाँ रणनीति बनाएका छन्ः पूरा स्क्रिप्ट सुनेर मात्र फिल्म गर्ने÷नगर्ने निर्णय गर्ने। यसको पहिलो शिकार झरना थापा भएकी छिन्।

झरना थापा, ‘ए मेरो हजुर ३’ सफल हुनेबित्तिकै अनमोल र सुहाना थापालाई लिएर नयाँ फिल्म घोषणा गर्ने सुरमा थिइन्। उनले अनमोललाई सोहीअनुसार प्रस्ताव पनि गरिन्। तर, अनमोलले पूरा स्क्रिप्ट सुनेपछि मात्र फिल्म गर्ने÷नगर्ने निर्णय गर्ने जवाफ दिए। 

अनमोलले कथा सुनेकै भरमा गर्छु भनेका फिल्म पछि गरेका थिएनन्। उनले हेमराज बिसीको ‘ग्याङस्टर ब्लुज’ र मिलन चाम्सको ‘ब्याचलर बन्टी’ पैसा लिएर पनि पछि फिर्ता गरेका थिए। बल्ल उनको घैँटोमा घाम लागेछ। 

तपाईको कमेन्ट