उभौली झाँकी

सम्पूर्ण
बुधबार, ०८ जेठ २०७६
किरातीहरूको महान् चाड उभौली मनाइएको छ। राई, लिम्बू, सुनुवार, याक्खाले यस चाडलाई धार्मिक र सांस्कृतिक परम्परा झल्किने जीवित चाडका रूपमा लिने गर्छन्। वैशाख पूर्णिमामा मनाइने उभौलीमा अन्नबाली सप्रिने कामना तथा प्राकृतिक प्रकोप नआओस् भनी प्रकृति पूजासहित साकेला सिली नाचिन्छ।
साकेला सिली नाच्नुअघि विशेष गरी किरात राई समुदायका नाक्छोङ÷नछुङले सुप्तुलुङ (तीन चुला)मा बल मागी साकेला थानमा सुम्निमा–पारुहाङको प्रतीक दुई शिला (ढुंगा)मा प्रकृति पूजा गर्छन्। त्यसपछि सार्वजनिक स्थलमा साकेला सिली नाच्ने गरिन्छ।
प्रकृतिमा रहेका विभिन्न जीवजन्तुको हाउभाउ नक्कल गरी सिली नाचिन्छ। सिलीको सुरुवात ‘माङ्छामा’ (अन्नको सहदेवी) सिलीबाट गरिन्छ। मिथकअनुसार यो सिली किराती पुर्खाहरू टाङवामा र खिवामाले गरेका हुन्।
साकेला माइती चेली, आफन्तजनलगायत लामो समयदेखि छुट्टिएर रहेका परिवारजनको पुनः मिलनको रूपमा पनि रहेको छ। पूर्वी पहाडी क्षेत्रमा मात्र मनाइँदै आएको यो चाड अहिले काठमाडौँसँगै देशका विभिन्न शहरमा र बेलायत, अमेरिका हङकङलगायत देशमा समेत मनाइन्छन्।
सांस्कृतिक पहिचान झल्कने पहिरन लगाएर गोलबन्दी भई हर्षाेल्लासका साथ नाचिने साकेला सिलीमा नयाँ पुस्ताको आकर्षण बढेको छ। साथै, अन्य समुदायले पनि साकेला आत्मसात् गर्न र मनाउन थालेका छन्।
साकेला उभौली र उधौली गरी वर्षमा दुई पटक मनाउने गरिन्छ। पितृ माङसँग बालीनाली लाउने अनुमतिका लागि वैशाख पूर्णिमामा उभौली र बालीनाली भिœयाएपछि धन्यवादस्वरूप साथै अन्नको सह कायम होस् भन्ने कामना गरी मंसिर पूर्णिमामा उधौली मनाइन्छ।
यस्तो थियो, नखिपोट, ललितपुरमा उभौलीको झाँकी।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७