‘केटाहरू मलाई  झाँसीकी रानी भन्थे’

writer

सम्पूर्ण

शनिबार, २० असोज २०७५


कक्षा चारसम्म काठमाडौँको सिद्धार्थ वनस्थलीमा पढें । भाइ र मैले सिद्धार्थ वनस्थलीमा होस्टेल जीवन बितायौँ। होस्टेलमा बस्दा घरको एकदमै याद आउँथ्यो। होस्टेलमा खाना पनि त्यति मीठो लाग्दैनथ्यो। ममीबाबाको र घरको खानाको निकै याद आउँथ्यो। घर पनि लामो बिदामा मात्रै जान पाइन्थ्यो। काठमाडौँमा घर हुनेहरूको बिदा हुनेबित्तिकै ममीबाबा लिन आउनुहुन्थ्यो।

 

हाम्रो घर टाढा भएकाले बिदामा होस्टेलमै बस्नुपथ्र्याे। होस्टेलमा बस्दा भूत आउँछ भनेर खूब डराउँथेँ। बहिनीलाई धेरै माया गर्ने भएर ममीबाबाले आफूसँगै राखेर हामीलाई चाहिँ टाढा पढ्न पठाउनुभयो जस्तो लाग्थ्यो। ममीबाबाले किन हामीलाई यति टाढा पढ्न पठाउनुभयो भनेर भाइ र म खूब रुन्थ्यौँ। दसैँमा घर जान पाउँदा निकै रमाउँथ्यौँ। 


म र भाइ होस्टेलमा सबैभन्दा साना थियौँ। सबैले माया गर्नुहुन्थ्यो। काठमाडौँमा कक्षा चारसम्म पढेँ। कक्षा १० सम्म आफ्नै गाउँमा पढेँ। दाङ फर्किंदा भाइ र मैले काठमाडौँ कहिले नफर्किने सोच बनाएका थियौँ। दाङको पद्मोदय माध्यमिक विद्यालयबाट एसएलसी गरेँ। गाउँमा पढ्दा म एकदम बदमास थिएँ। कुसम, कौशल्या, प्रभालगायत मेरा मिल्ने साथी थिए। कुसम, कौशल्या र म एउटै बेन्चमा बस्थ्याँै। क्लासमा चकचक गरिरहन्थेँ। अरूको बारीमा काँक्रो चोर्न जान्थेँ। क्लासमा कसैले केही भन्यो भने पिटिदिन्थेँ। सबैसँग मेरो झगडा पथ्र्यो। अलि छुच्चो स्वभावकी थिएँ। केटाहरूले मलाई ‘झाँसीकी रानी’ भन्दै जिस्काउँथे। 


स्कुल छुटेपछि खोलामा नुहाउन जान्थ्यौँ। म अरूको लुगा लुकाइदिन्थेँ। सानोमा एक पटक चरालाई नयाँ लुगा लगाइदिने भनेर चराका सबै प्वाँख निकालेकी थिएँ।  एक पटक त सर्पलाई दुलोमा जान नदिएर पुच्छर समाएर पछाडिबाट तानेको पनि थिएँ। मेरो बदमासीबाट हैरान भएर सरले मलाई क्लासको मनिटर बनाइदिनुभयो। त्यसपछि मेरो बदमासी अलि कम भयो। तर, अरूलाई कुट्न भने छाडिनँ। क्लासमा सबै मसँग डराउँथे। आठ कक्षामा पढ्दा एक पटक कोट लगाएर स्कुल गएकी थिएँ। सबैले मलाई ‘झमझम इस्टकोट’ भन्दै जिस्काए। 

 

ति बदमास भए पनि सरहरूको सबै कुरा मान्थेँ। पढाइमा राम्रो थिएँ। कहिल्यै फेल भइनँ। त्यसैले बदमासी गरे पनि सरहरूबाट पिटाइ खाइनँ। मलाई इंग्लिस विषय मन पथ्र्यो। एक दिन क्लासको भित्तामा कसैले मेरो र एउटा केटाको नाम लेखिदिएछ। लाजले तीनचार दिन स्कुलै गइनँ।

 

-झरना थापा, अभिनेत्री 
   


 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि