‘सजिलो छैन र्‍याम्प वाक’

writer

सम्पूर्ण

बुधबार, ०१ जेठ २०७६



सोना तामाङ, मोडल

मैले फेसन सोमा र्‍याम्प वाक गरेर मोडलिङ सुरु गरेकी हुँ। मोडलिङ र पढाइसँगै एयर होस्टेस तालिम पनि लिइरहेकी छु। एउटा ब्युटी पेजेन्टमा भाग लिँदा र्‍याम्प वाकको सामान्य तालिम लिने मौका पाएकी थिएँ। पछि फेसन सोका लागि अडिसन दिने र सोको तयारी गर्दा कोरियोग्राफरले दिने प्रशिक्षणबाटै मैले र्‍याम्पमा हिँड्न सिकेकी हुँ।

टीभीमा फेसन सो हेर्दा मोडलले कति सजिलै र्‍याम्प वाक गरेका होलान्जस्तो लाग्छ। तर, र्‍याम्प वाक गर्न निकै गाह्रो छ। आफ्नो प्रस्तुति बिग्रेला भनेर डर लागिरहन्छ। सुरु–सुरुमा त र्‍याम्प वाक गरेर ब्याक स्टेजमा फर्किंदा पसिना आइसक्थ्यो।

मैले जति वटा फेसन सोमा र्‍याम्प वाक गरेकी छु, सबैमा अडिसन दिएर छनोट भएरै गरेकी हुँ। अहिले बिस्तारै डर हट्दै गएको छ। तर, हरेक सोका लागि तयारी भने उत्तिकै गर्नुपर्छ। र्‍याम्प वाक गर्दा लाइभ हेर्ने दर्शक पनि हुने भएकाले जुत्ता र ड्रेसअपमा विशेष ध्यान दिनुपर्छ। 
 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि