फिलिप लुइसको समर कलेक्सन

writer

सम्पूर्ण

बुधबार, ०१ जेठ २०७६


युरोपियन ब्रान्ड लुइस फिलिपका गर्मी यामका कपडा नेपाली बजारमा भित्रिएका छन्। वसन्त, शरद र जाडो यामका कपडापछि यस ब्रान्डका गर्मी मौसमका कपडा नेपालमा भित्रिएका हुन्। नेपालका लागि आरपी गु्रप यसको आधिकारिक बिक्रेता हो।

सर्ट, समर सुट, ब्लेजर, टिसर्ट, हाफ प्यान्ट र समर सुज गर्मीका लागि आएको ललितपुरको लबिम मलस्थित लुइस फिलिपका सो रुम म्यानेजर सुशन महर्जन बताउँछन्। सो रुम १४ महिनाअघि खुलेको हो। औपचारिक कार्यक्रमका लागि यस ब्रान्डका कपडा निकै लोकप्रिय रहेको उनी बताउँछन्।

‘यस ब्रान्डका लुगा सुतीबाट बनेका हुन्छन्,’ महर्जन भन्छन्, ‘हल्का र घाममा नपोल्ने खालका छन्। त्यसैले गर्मीका लागि उपयुक्त छन्।’ लुइस फिलिप ब्रान्डका लुगाको रङ नखुइलिने पनि उनी बताउँछन्। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि