पोग्बाका एजेन्टमाथि प्रतिबन्ध

writer

सम्पूर्ण

बुधबार, ०१ जेठ २०७६


इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पउल पोग्बाका एजेन्ट मिनो राइओलामाथि तीन महिनाको प्रतिबन्ध लागेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को अनुशासन समितिले तीन महिनासम्म फुटबलसम्बन्धी गतिविधि गर्न नपाउने गरी उनलाई प्रतिबन्ध लगाएको हो।

५१ वर्षका राइओलालाई इटालीको फुटबल संघले प्रतिबन्ध लगाएपछि फिफाले त्यसलाई विश्वव्यापी बनाएको हो। प्रतिबन्धको कारण खुलेको छैन।

तर, उनले झुटो आरोपमा आफूमाथि प्रतिबन्ध लगाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले युरोपेली क्लबमा खेलिरहेका पोग्बासहित २० जना खेलाडीलाई स्थानान्तरण गर्न भूमिका निर्वाह गरेका थिए। उनी जाल्टन इब्राहिमोभिचका पनि एजेन्ट हुन्। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि