नेसन्स कपमा रोनाल्डो खेल्ने

writer

सम्पूर्ण

बुधबार, ०१ जेठ २०७६


पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले नेसन्स लिग फुटबल खेल्ने भएका छन्। पोर्चुगलको राष्ट्रिय फुटबल टिमका  मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले पोर्चुगलमा नै हुने नेसन्स लिगको सेमिफाइनलमा रोनाल्डो उपलब्ध हुने बताएका हुन्। 

पोर्चुगलको एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा मुख्य प्रशिक्षक सान्तोसले भने, ‘मे २३ मा मैले घोषणा गर्ने टिममा रोनाल्डो पनि हुनेछन्।’ 

पोहोर रुसमा भएको विश्वकप फुटबलपछि रोनाल्डोले पोर्चुगलले खेलेका छ वटा अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन्। ३४ वर्षका उनले नेसन्स लिगका समूह चरणका कुनै पनि खेल खेलेनन्। तर, उनी दुई महिनाअघि युुरोकप २०२० को छनोट खेलका लागि भने राष्ट्रिय टिममा फर्किएका थिए।  

पोर्चुगल नेसन्स लिगको सेमिफाइनल जुन ६ मा स्विट्जरल्यान्डसँग खेल्दै छ। अर्काे सेमिफाइनलमा नेदरल्यान्ड्स र इंग्ल्यान्ड खेल्नेछन्। फाइनल खेल भने जुन ९ मा पोर्टोमा हुनेछ। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि