विराजको तुजुक

writer

सम्पूर्ण

मङ्गलबार, ३१ बैशाख २०७६


विराज भट्ट आजभोलि धोबीको कुकुरजस्तो भएका छन्, घर न घाटको। न नेपाली दर्शकको, न भोजपुरीको।  एक समय भोजपुरीमा विराजको राम्रै ढलीमली थियो तर, यताजस्तै उता पनि आफ्नो करिअर मेन्टेन गर्न सकेनन्। चलेका हिरोहरू रवि किसन, मनोज तिवारी राजनीतिमा व्यस्त भएपनि खाली भएको ठाउँ लिन सकेनन्।

यही बीच उनले ‘परशुराम’बाट नेपाली फिल्ममा कमब्याक गर्ने प्रयास गरे तर यहाँ पनि उनले घुँडा टेक्नुपर्‍यो। उनको फिल्म हेर्न दर्शक आउँदै आइदिएनन्।

तर, विराजको आफूप्रतिको विश्वास अझै मरेको छैन। उनले आफैँ निर्देशन गर्ने गरी नयाँ फिल्मको घोषणा गरे, ‘साङ्लो’। तर, यो फिल्म पनि भनेको बेला सुरु भएन। प्रोडक्सन म्यानेजरलाई कुटे। पछि माफी पनि मागे। तर, यसमा रत्तिभर पछुतो छैन। उल्टै सगर्व भने, ‘पर्दामा मात्र होइन, पर्दा बाहिर पनि कुट्छु।’ यति मात्र होइन, फिल्मको घोषणा कार्यक्रममा उनले उत्तिकै फुलेर भने, ‘म बाघ हुँ। अहिलेका केटाहरू डमरु।’

नढाँटीभन्दा उनका फिल्म १० मिनेट टिकेर हेर्न मुश्किल छ। व्यावसायिक फिल्म नै भए पनि एउटा यस्तो फिल्म छैन, जुन सम्झनलायक होस्। त्यही पनि विराजको तुजुक यस्तो छ कि, मानौँ उनले नै नेपाली फिल्म उद्योग धानेका छन्। किन यस्तो भयो भनेर बुझ्न उनका यस्तै अभिव्यक्ति काफी छैनन् र ? 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि